AnonymousUser

Logout

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

प्रतिनिधिसभा नियमावलीमा एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले प्रश्न सोध्न सक्ने र एक जनाको प्रश्नको जवाफ दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइने उल्लेख छ। 

‘षडयन्त्रको सिद्धान्त’ छाडेर दुर्घटना स्वीकार्ने बाटोमा एमाले

आफ्ना दुई प्रभावशाली नेताहरू मदन भण्डारी र जीवराज आश्रितलाई एकसाथ गुमाएको दासढुंगा घटनाबारे एमालेको आवाज क्रमशः मधुरो हुँदै मेटिने अवस्थामा पुगेको छ।

बालकृष्ण खाँणलाई पार्टीले निलम्बन गर्नुपर्छ: गगन थापा

भुटानी शरणार्थी प्रकरणमा मुछिने सबैलाई कारबाही हुनुपर्ने भन्दै यसमा दायाँबायाँ गर्न नहुनेमा थापाले जोड दिएका छन्। 

रेशम चौधरीको प्रतिक्रिया– अदालतको फैसला स्विकार्नुको विकल्प छैन

बुधबार डिल्लीबजार कारागारबाट विज्ञप्ति जारी गर्दै चौधरीले पुनरावलोकनको बाटो भने खुला नै रहेको बताएका छन्। 

कांग्रेस भन्ने पार्टी हावा न चावाको भयो: ओली

काठमाडौँमा मदनआश्रितको ३०औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस किंकर्तव्यविमूढ भएको दाबी गरेका छन्।

प्रधानमन्त्री र अस्ट्रेलियाली सहायक विदेशमन्त्रीबीच भेटवार्ता, कृषिको व्यवसायीकरणबारे छलफल 

भेटका क्रममा मन्त्री वाट्सले नेपालको विकास र समृद्धिको अभियानमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाए। 

काठमाडौँको फोहोर व्यवस्थापनमा सरकार प्रयासरत छ: शहरी विकासमन्त्री 

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाएर काम अघि बढाउनुपर्ने मन्त्री गुरुङको भनाइ छ। 

३०औँ मदनआश्रित स्मृति दिवस मनाइँदै

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको दुर्घटनामा निधन भएको थियो।

गम्भीर आरोप लागेकाले जिम्मेवारी स्वतः छोड्नुपर्छ अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ : गगन थापा

अपराधमा संलग्नमाथि निष्पक्ष छानबिन गर्नुपर्ने, अनुसन्धान प्रक्रिया अवरोध, दबाब वा प्रभावमा पारिन नहुने, पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भण्डाफोर गर्नुपर्ने गगन थापाको धारणा छ।

नीति तथा कार्यक्रमबारे सत्ता समर्थक दलहरूसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समर्थक दलहरूका नेताहरूलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिएका छन्।

कांग्रेस युवा नेताहरूले गरे पार्टी रूपान्तरण अभियानको घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, युवा नेताहरू गुरु घिमिरे, रञ्जित कर्ण र भूपेन्द्रजंग शाही लगायतका नेताहरूले ‘नेपाली कांग्रेस रूपान्तरण अभियानको घोषणा’ गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण : गृहमन्त्रीलाई नागरिक अगुवाको खबरदारी

नागरिक अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्रीलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याउन, भ्रष्टलाई नजोगाउन खबरदारी गरेका छन्।

उपनिर्वाचनपछि उपेन्द्रको व्यवहारले गठबन्धनमा खटपट

यादवले मधेश प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिन आफूलाई संघीय सरकारको परराष्ट्रमन्त्री बनाउनुपर्ने पक्षमा लबिइङ गरिरहेको कांग्रेसका एक नेता बताउँछन्।

नक्कली शरणार्थी प्रकरण : गृहमन्त्री भन्छन्– सरकार दबाबका अघि झुक्ने छैन

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले पुर्‍याउने बाटोसम्म पुगेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

मन्त्री किराती भन्छन्– मन्त्री, संसद् अरूले नै चलाउँदो रहेछ

सुदन किरातीले आफूलाई संसद् र मन्त्रीलाई अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति भएको बताएका छन्।

बालकृष्ण खाँणले आफूलाई निर्दोष साबित गर्छु भनेकाले पार्टीले कारबाही गरेनः कांग्रेस प्रवक्ता

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको कांग्रेस प्रवक्ता महतले बताएका छन्।

संसदीय समितिमा गृहमन्त्रीले भने– भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित हुँदैन

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा दोषी कोही पनि उम्किन नपाउने बताएका छन्।

स्वार्थ बाझिने सांसदलाई अर्थ समितिमा नबस्ने स्वघोषणा गर्न सूर्य थापाको ध्यानाकर्षण

प्रतिनिधिसभा नियमावली,२०७९ ले सदस्यको मनोनयन गर्दा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्ने व्यवस्था गरेको छ। सोही अनुसार सांसद थापाले ध्यानाकर्षण गराएका हुन्।

प्रतिनिधिसभाका संसदीय समितिको पहिलो बैठक शुरू  

सबैजसो संसदीय समितिको कार्यसूचीमा स्वागत र परिचय, समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी र विविध राखिएको सचिवालयले जनाएको छ। 

सदनमा सांसदहरू जवाफ मागिरहन्छन् तर सरकार बोल्दैन

सांसदहरूले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा देखिएका समस्यादेखि राष्ट्रिय महत्त्वका सवालहरूबारे पनि आफ्नो धारणा राख्दै सरकारसँग जवाफ मागिरहेका हुन्छन्। तर, सरकारले सुनेको नसुन्यै गरेर टार्छ।