मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ।
हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। संसद् सचिवालयले कोइरीलाई निलम्बित गरिएको सूचना टाँस गरेको जनाएको छ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले अस्थिरताले कसैको हित नगर्ने र लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन्।
प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ओरालो लागेको अर्थतन्त्रलाई डेढ वर्षभित्र रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन्।
सामान्य रोगको उपचारसमेत विदेशमा गएर गराएको भन्दै त्यसबारे आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैँले गर्न चाहेको स्वकीय सचिवालयमार्फत जनाएका हुन्।
सभामुखले तोकेका दिन समिति सभापतिको निर्वाचन हुने र सो सूचना निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्नुपर्ने व्यवस्था नियमावलीमा छ।
कांग्रेस महामन्त्री गगन थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरूले राज्यकोषबाट र आमनागरिकले आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने जिकिर गरे।
रवि लामिछानेसँग आइतबार भेट गरेपछि प्रधानमन्त्री दाहाल रास्वपा सरकारमा आउने दाबी गरिरहेका छन्। रास्वपा महामन्त्री मुकुल ढकाल पनि प्रधानमन्त्री आफ्नो पार्टीलाई मागेकै मन्त्रालय दिन तयार भएको बताउँछन्।
सहमतिपछि अध्यक्ष पुनले सोमबारबाट आफ्नो आन्दोलन स्थगित गरेको र आगामी दिनमा युवाहरूलाई जागरूक गर्न आन्दोलन गर्ने बताए।
सोमबार दिउँसो बसेको रास्वपा संसदीय दलको बैठकले पार्टी सभापतिसमेत रहेका लामिछानेलाई पुनः दलको नेता चयन गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार आयोग बनाएर २०४८ सालयताका भ्रष्टहरूमाथि छानबिन गर्ने दाबी गरेका छन्।
रास्वपाले सरकारमा सहभागिताबारे शुक्रबार निर्णय लिने भएको छ।
ओलीले सिंहदरबारको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउँदिनँ भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे।
मुम्बईमा अढाई महिनाको उपचारपछि आइतबार काठमाडौँ आइपुगेका कांग्रेस नेता भण्डारीले सातै प्रदेशमा १/१ वटा बर्नस् अस्पताल बनाउन र जनशक्ति तयार गर्न आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
कृषिमन्त्री भुसालले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भए पनि लगानी गर्न सरकारले कन्जुस्याइँ गरेको बताएका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जो कोही राजनीतिक पार्टी र पहुँचवालालाई सरकारले कारबाही गर्ने चेतावनी दिएका छन्।
भेटमा प्रधानमन्त्री दाहालले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतसहित विजयी भएकामा बधाई दिएका छन्।
पार्टी सभापति लामिछाने नै रास्वपा संसदीय दलको नेता हुनुपर्छ भन्ने अभिमतका आधारमा आफूले पदबाट राजीनामा दिएको अर्यालले बताएका छन्।
राष्ट्रिय युवासंघ नेपालले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिएको छ।