AnonymousUser

Logout

भारत जानुअघि उत्साहित प्रधानमन्त्री, अरूमा भने आशाभन्दा संशय

भारतसँग विगतमा धेरै विषयमा सम्झौता भएका छन्। तर, तिनलाई कार्यान्वयन गर्न गम्भीर नबनेको आरोप भारतमाथि लाग्दै आएको छ। विज्ञहरूले यसपटकको भ्रमणमा यी विषय उठाउन सुझाएका छन्। 

संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट कांग्रेस र एमालेका चार-चार सांसद

समितिमा कांग्रेसबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन्। एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जीएम छन्।

भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा पूर्वप्रधानमनेत्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई र झलनाथ खनाललगायत सहभागी छन्।

रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। यससँगै, गणतन्त्र दिवसमा उनी जेलमुक्त हुने बाटो खुलेको छ।

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

संघीय संसद्को जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट जेठ ९ गते नै पारित भइसकेको छ। 

नेपाली भूमि फिर्ता लिनेबारे भारतसँग छलफल हुन्छः प्रधानमन्त्री 

शनिबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपालको सीमा सुरक्षाबारे भारत भ्रमणका क्रममा गम्भीरतापूर्वक छलफल गर्ने प्रतिबद्धता जनाए।

ओलीले रोस्टमबाट अनुसन्धान प्रभावित हुने अभिव्यक्ति दिए: विश्वप्रकाश शर्मा

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति शर्माले आपत्ति जनाएका छन्। 

पशुपतिको जलहरीमा ओलीलाई जोड्नु उचित होइन: प्रधानमन्त्री

जेठ १० गते बसेको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

मुलुकमा सुशासनको यात्रा आरम्भ भएको प्रधानमन्त्रीको दाबी

भ्रष्टाचार र विकृतिविरुद्ध जनतामा एउटा नयाँ आन्दोलन र संस्कारको शुरूआत हुन थालेको प्रधानमन्त्री दाहालको भनाइ छ। 

आलोचना गर्नुस्, कांग्रेस आलोचनाबाट डराउँदैनः देउवा

नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले कांग्रेसलाई स्वस्थ आलोचना चाहिने बताएका छन्। 

प्रधानमन्त्री दाहाल जेठ १७ गते भारत भ्रमणमा जाने, १८ गते मोदीसँग वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने निश्चित भएको छ। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले दाहालको भ्रमणबारे औपचारिक घोषणा गरेका छन्।

जलहरीबारे सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने र एमालेले संसद् अवरोध नगर्ने सहमति

सांसद राजन दाहालले बोलेको कुरा रेकर्डबाट हटाउने र प्रधानमन्त्री दाहालले यस विषयमा प्रतिनिधिसभामा बोल्ने शीर्ष तीन दलबीच सहमति बनेपछि शनिबार एमालेले सदनमा अवरोध नगर्ने भएको छ।

प्रधानमन्त्रीसहित काङ्ग्रेस र एमालेका शीर्ष नेताहरूबीच संसद् अवरोध खुलाउने विषयमा छलफल

सदनको अवरोध हटाउने विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, र प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओलीसहितका नेता प्रधानमन्त्री कार्यालय सिंहदरबार गएका छन्। 

शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो: ओली

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाए। एमालेविरुद्ध हिलो छ्याप्ने र आरोपित गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

जसपा प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेका हुन्।

संसद् बैठक सुचारु गर्न सर्वदलीय छलफल जारी

शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची छ। 

कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

सभापति शेरबहादुर देउवाले विभाग गठनको प्रारम्भ गर्दै पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई दिएका छन्। 

एमालेलाई माओवादीको जवाफ– संसद्‌मा आफ्नो कुरा राख्न पाइन्छ

संसद्लाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको माओवादी प्रमुख सचेतक पाण्डेले बताएका छन्। 

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग

जनमोर्चाले टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना रहेको उल्लेख गरेको छ।

एमालेको नाराबाजीपछि संसद् बैठक स्थगित

पशुपतिनाथमा सुन भनेर पित्तल हालेको आरोप अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो।