AnonymousUser

Logout

योगसम्बन्धी अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ: प्रधानमन्त्री

योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले तिर्नुपर्ने करमा छुट, नेपाल–चीन सीमामा स्तम्भ पुनर्स्थापना गर्न टोली गठन

मन्त्रिपरिषद् बैठकले नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा स्तम्भलाई संयुक्त रूपमा पुनः स्थापना गर्न टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

सरकारलाई सभामुखको निर्देशन : बजेट पुस्तिकाका त्रुटि तत्काल सच्याउनू

एमालेका सांसदहरूले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश ५ राखेर शहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढ्न नदिने अडान लिएका थिए।

प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधिसभा सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।

‘समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा नबनोस्’

प्रधानमन्त्री दाहालसहितका शीर्ष नेताहरूले समाजवादी मोर्चाको औचित्य प्रस्ट्याइरहँदा झलनाथ खनालले भने मोर्चालाई सत्ता टिकाउने कदमका रूपमा प्रयोग नगर्न सचेत गराएका थिए।

ओलीप्रति संकेत गर्दै उपेन्द्रले भने– समाजवादी मोर्चा कसैका विरुद्ध होइन, तर्सिनु पर्दैन

जसपाका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैका विरुद्धमा नभएको दाबी गर्दै यसबाट कोही पनि डराउन नपर्ने बताएका छन्।

चार दलले गरे समाजवादी मोर्चाको घोषणा, शीर्ष नेताले आलोपालो नेतृत्व गर्ने

मोर्चाको समझदारीपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले हस्ताक्षर गरे।

सत्तापक्षबाटै नागरिकताको विषयमा राजनीतिकरण भइरहेको राजेन्द्र लिङ्देनको आरोप

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरूबाट भएझैँ गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्‍यो: उपप्राध्यापक चलाउने

‘जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ, तर सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ’ उपप्राध्यापक प्रेम चलाउनेले भने।

माओवादी सांसद पौडेलको प्रस्ताव: प्राकृतिक विपदबाट बच्न एकीकृत बस्ती बनाऔँ

प्राकृतिक विपदबाट सिर्जित समस्यालाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको भनाइ छ।

शक्ति गुमाउँदै गएका पार्टीहरूको ‘समाजवादी मोर्चा’

बाहिर जे भनिए पनि निरन्तरको क्षयीकरणले बढाएको अस्तित्वको चिन्ता र शक्तिआर्जन गर्ने चाहनाले चार दलको मोर्चा बनेको नेताहरूले बताएका छन्। प्रतिनिधिसभामा यो मोर्चासम्बद्ध तीन दलका ५४ सदस्य छन्।

चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा हुँदै, १५ बुँदे साझा प्रतिबद्धता तय

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोमबार घोषणा गर्ने समाजवादी मोर्चाका लागि आइतबार बैठक बसेर १५ बुँदे साझा प्रतिबद्धता तय गरेका छन्।

पूर्वी नेपालमा आएको बाढी–पहिरोमा तीनको मृत्यु, २९ बेपत्ता

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतअनुसार अहिलेसम्म पाँचथर, संखुवासभा, ताप्लेजुङगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ।

संसद्‍मा बाह्य स्वार्थ प्रवेश गराउन सहयोगी बनिरहेका सांसद

ठेकेदार, व्यापारीलगायत स्वार्थ बाझिने व्यक्तिहरू बढ्दै गएको संसद्मा बेलगाम चलिरहेको ‘स्पोन्सर्ड’ विदेश भ्रमण गर्ने सांसदहरूमार्फत् प्रवेश गरिरहेको स्वार्थ थप जोखिमपूर्ण छ।

सत्ता पक्षीय सांसद भन्छन्– समाजवादी शक्तिलाई एकताबद्ध गर्न मोर्चा, एमाले– ‘बार्गेनिङ पावर’ बढाउने उद्देश्य

एमालेले ‘बार्गेनिङ पावर’ बढाउन समाजवादी मोर्चा बन्ना लागेको टिप्पणी गर्दा एकीकृत समाजवादी र माओवादी केन्द्रका सांसदले देशलाई स्थिर रूपमा अगाडि बढाउन समाजवादी शक्ति एकताबद्ध हुन लागेको बताएका छन्।

‘बजेटले संघीयताको मर्म बुझ्न सकेन, यथास्थितिमा पारित हुन सक्दैन’

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरूले त्यसमा समर्थन गर्न नसक्ने बताएका छन्।

नेता र नेताका पत्नीलाई उपचार गर्न विदेश लैजान नमिल्ने व्यवस्था गरौँ : प्रेम सुवाल

नेमकिपा सांसद प्रेम सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न नचाहनेहरूलाई सरकारले कानून निर्माण गरी अनुमति दिनुपर्ने बताएका छन्।

डाेलप्रसाद अर्यालको प्रश्न– सुरक्षाकर्मीलाई जागिर खान मात्र सीमामा खटाइएको हो?

रास्वपा उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले असार १ गते भारतीय प्राविधिकको टोलीले एकतर्फी रूपमा सीमाको भूमि नापजाँच गर्दा नेपालका सुरक्षाकर्मीले सुइँकोसमेत नपाएको भन्दै आपत्ति जनाएका छन्।

दलहरूले भ्रष्टाचार आरोपमा मुछिएका नेताको प्रतिरक्षा गर्नुहुन्न: विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशको शासन र शासकीय संरचना सुधारका लागि राष्ट्रपति दोहोर्‍याएर, प्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नहुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

ओली भन्छन्– दुनियाँमा कहीँ नभएको ७० वर्षे उमेरहद एमालेमा किन राख्ने?

एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन लगायतका दुनियाँका सबै पार्टीहरूले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताएका छन्।