AnonymousUser

Logout

प्रितम सिंहबारे प्रधानमन्त्रीको अभिव्यक्तिले भूराजनीतिक परिस्थिति पेचिलो बन्यो: राजेन्द्र लिङ्देन

प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।

सांसदहरू भन्छन्– रेमिट्यास भित्र्याउन मात्रै युवा विदेश पठाउँदा देश दुर्घटनामा पर्छ

सरकारले सधैँ वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने सांसदहरूले चेतावनी दिएका छन्।

प्रधानमन्त्री दाहालले ‘रअ’ प्रमुखलाई लुकेर भेटेको ओलीको दाबी

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको बैठक स्थगित

संघीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ।

जनताको जीवनरक्षाका निम्ति गम्भीर बन्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिएका छन्।

राष्ट्रियसभा अध्यक्षले भने– प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऔँ 

एमाले सांसदले बैठक अवरुद्ध गर्ने अडानलाई निरन्तरता दिएपछि अध्यक्ष तिमिल्सिनाले आइतबारसम्मका लागि बैठक स्थगित गरेका छन्।

कोशी प्रदेश सरकारविरुद्ध एमाले सर्वोच्चमा 

संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशबाट बदर हुनुपर्ने एमालेको माग छ। 

ललिता निवास जग्गा हिनामिना गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा आउँछन्: गृहमन्त्री

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरणसहित अन्य थुप्रै घटनाको अनुसन्धान अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाइ छ।

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, सुनुवार र जबेगु मन्त्री नियुक्त

एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन्। दुवैको कार्य विभाजन भने भएको छैन। 

प्रधानमन्त्रीको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस गरायो: गगन थापा

कांग्रेस महामन्त्री थापाले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिको प्रधानमन्त्री स्वयंले संसद्मा स्पष्टीकरण दिएपछि अन्यौलता हट्ने बताएका छन्।

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई नियुक्त गरेका छन्।

प्रधानमन्त्रीले अन्यथा बोल्नु भएको छैन, राजीनामा दिनुहुन्न: सञ्चारमन्त्री

पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिकै आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री रेखा शर्माले स्पष्ट पारेकी छन्।

माओवादी केन्द्रले भन्यो– प्रतिपक्षले प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्यो

माओवादी केन्द्रले प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभीष्टताबाहेक केही नभएको जनाएको छ।

प्रधानमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रियसभामा एमालेको अवरोध

प्रितम सिंहबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल एमालेले उनको राजीनामा माग्दै राष्ट्रियसभामा अवरोध सिर्जना गरेको छ।

सत्ता गठबन्धनको ठहर: एमालेको व्यवहार असंसदीय

बैठकले मिटरब्याजबाट आहत भएका नागरिकलाई राहत दिन सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ असफल बनाई प्रतिपक्ष पीडितविरुद्ध उभिएकोसमेत निष्कर्ष निकालेको छ।

गृहमन्त्रीले भने– प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्न मिल्दैन

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस विषयमा प्रधानमन्त्रीले नै स्पष्ट पार्ने बताए। 

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको असरले मिटरब्याजसम्बन्धी अध्यादेश निष्कृय

अध्यादेशको प्रतिस्थापन विधेयक बुधबार दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरणसमेत हुनुपर्ने थियो। त्यसपछि मात्रै सरकारले मिटरब्याजीलाई कारबाही गर्न ल्याएको अध्यादेशले कानूनी निरन्तरता पाउँथ्यो।

विपक्षीको अवरोधपछि स्थगित प्रतिनिधिसभा बैठक शुक्रबार र राष्ट्रियसभाको बिहीबार बस्ने

एमालेलगायत विपक्षी दलहरूले अवरोध गरेपछि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर दुई दिनपछि र राष्ट्रियसभाको बैठक एक दिनपछि बोलाइएको छ।

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, दुवै सदनमा विपक्षीको अवरोध

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै विपक्षी दलहरूले बुधबार दुवै सदनका बैठक अवरुद्ध गरेका छन्।

प्रितम सिंहबारेको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजियोः प्रधानमन्त्री

लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा नै आफूले बोलेको दाहालले दाबी गरेका छन्।