सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले मानिस भगवान्सँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेसँग रमाउन थालेको बताएका छन्।
भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठले सरकारले ठगी गर्ने सहकारीको अनुगमन र जाँचबुझ गरी प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको बताएकी छन्।
डाक्टरलाई दरबन्दी अनुसारको क्षेत्रमा पठाउन नसकिए स्वास्थ्य मन्त्रालयमा सुधार हुने अवस्था नरहेको मन्त्री बस्नेतको भनाइ छ।
स्थायी नियोग न्यूयोर्क तथा जनेभा, क्यानडा, फ्रान्स, थाइल्यान्ड, यूएई र कुवेत गरी सात स्थानमा राजदूत पद रिक्त छ।
बिहान १० बजे बस्ने बैठकको शुरूमा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलाई साउन ३ गते भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको सर्वोच्चले साउन ७ देखि फैसलाका लागि निरन्तर सुनुवाइ गर्न पनि भनेको छ।
सीताले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएकी थिइन्। चार सन्तानकी आमा सीतालाई साना छोराछोरी र श्रीमानको भूमिगत राजनीतिको सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो।
बिहान ११ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ।
सांसदहरूले महिला, दलित, जनजाति, खस–आर्य सबैलाई जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र निर्धारणका लागि कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
मन्त्री गुरुङले शहर व्यवस्थित बनाउने भनेर घरहरूलाई भत्काउन सक्ने अवस्था नभए पनि सरकारले बनाएको गुरु योजनाले व्यवस्थित बनाउन र बेथिति हटाउन सहयोग गर्ने बताइन्।
पर्यटनमन्त्री सुदन किरातीले छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए।
कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रस्ट्याएका छन्।
राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले अहिलेको बजेट आशावादी नरहेको र आवश्यकताअनुसार नआएको दाबी गरिन्।
डुरान्ड कपको पहिलो संस्करण सन् १८८८ मा भएको थियो। सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो।
नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालले गहिराइमा गएर जवाफ दिन नसके पनि संसद्को अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएको बताए।
परराष्ट्रमन्त्री साउदले हालसम्म नेपालमा बीआरआईअन्तर्गत कुनै योजना शुरू नभएको र कार्यान्वयनको सन्दर्भमा सरकार छलफलमा रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिको भाषा प्रधानमन्त्रीका रूपमा व्यक्त गर्ने नमिल्ने रहेको आफूलाई ‘रियलाइज’ भएको बताएका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।