AnonymousUser

Logout

कांग्रेसको संकल्प स्पष्ट नहुँदा जनता अलमलमा परे: गगन थापा

निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराश भएको थापाको भनाइ छ।

सरकारको आयु केही दिन मात्रै रहेको छ : एमाले सचेतक बर्तौला

एमाले सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताएका छन्।

प्रधानमन्त्रीको सचिवालय विघटन गर्न सांसदको माग

सत्तारूढ दल एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दाबी गर्दै उनलाई आफ्नो सचिवालय विघटन गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री गठबन्धनको शक्ति सन्तुलन मिलाउनमै केन्द्रित भएको रवि लामिछानेको आरोप

रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्त्वपूर्ण मुद्दाहरूमा केन्द्रित हुनेभन्दा पनि सत्ता टिकाउने काममा अलमलिएको आरोप लगाए।

सदनमा अमरेश सिंहको प्रश्न: निजगढ विमानस्थल भैँसी चराउनका लागि हो?

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन  नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको भनाइ छ।

इन्जिनियरिङ सर्भेविना सडक खन्ने काम तत्काल बन्द गर्नुपर्छ: रामहरि खतिवडा

पहाडी भेगमा डोजर चालक आफैँ इन्जिनियर बनेर सडक खन्ने काम गर्दा त्यहाँ पहिरो जाने क्रम बढेको सांसद खतिवडाको भनाइ छ।  

रुसी सेनामा नेपाली युवाको संलग्नताबारे प्रधानमन्त्रीको जवाफ– सरकारको ध्यान गएको छ

एमाले सांसद अच्युतप्रसाद मैनालीले रुस–युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेका थिए।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै, बजेटमाथिको छलफल पनि जारी रहने

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि सम्पूर्ण सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।

एकीकृत समाजवादीका सांसद यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा

एकीकृत समाजवादीको संसदीय दलको बैठकमा सांसदहरूले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने धारणा राखेका छन्।

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठकमा विचार मिल्ने राजनीतिक दलसँगको एकताका साथै नवगठित समाजवादी मोर्चाका सन्दर्भमा छलफल हुने बताए।

बजेटले मधेशलाई उपेक्षा गरेको छ, नसच्याइ पारित हुँदैन: उपेन्द्र यादव

जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलहरूसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा पारित नहुने बताए।

गति पैदा गरेन भने समाजवादी मोर्चा दुर्घटना हुन्छ: घनश्याम भुसाल

महासचिव भुसालले जनतासँग समाहित नभएको पार्टी लोप हुँदै जाने भएकाले त्यसतर्फ ध्यान दिन सुझावसमेत दिए। 

परिवर्तनको घण्टी बजिसक्यो, अब आम नागरिकसम्म पुग्नुपर्ने चुनौती छ: रवि लामिछाने

योग्य र क्षमतावान् मान्छेको एउटा प्रतिबद्ध समूह राजनीतिक दलका रूपमा आयो भन्ने कुराको जानकारी जनताले पाइसकेको लामिछानेले बताएका छन्। 

पूर्वबैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

पार्टी प्रवेश गरेसँगै शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ।

रास्वपाले खोजेको ‘फराकिलो ठाउँ’

दुईतले कार्यालय ६ तलाको भवनमा सारेर पार्टीलाई चाहिएको फराकिलो ठाउँको सन्देश दिँदै गर्दा रास्वपाले राष्ट्रिय राजनीतिमा 'फराकिलो स्पेस' बनाउने विचारधाराको दस्ताबेज भने अचानक थाती राखिदिएको छ।

प्रदेशका मन्त्रीको निधन भए प्रतिनिधिसभा बैठक स्थगित हुने

बुधबार बस्ने प्रतिनिधिसभा बैठक सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित हुनेछ। 

योगसम्बन्धी अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ: प्रधानमन्त्री

योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

धुर्मुस–सुन्तली फाउन्डेसनले तिर्नुपर्ने करमा छुट, नेपाल–चीन सीमामा स्तम्भ पुनर्स्थापना गर्न टोली गठन

मन्त्रिपरिषद् बैठकले नेपाल–चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा स्तम्भलाई संयुक्त रूपमा पुनः स्थापना गर्न टोली गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

सरकारलाई सभामुखको निर्देशन : बजेट पुस्तिकाका त्रुटि तत्काल सच्याउनू

एमालेका सांसदहरूले लुम्बिनी प्रदेशको नाम नराखी प्रदेश ५ राखेर शहरी विकास मन्त्रालयको विनियोजन शीर्षक छलफलका लागि आएको भन्दै त्यसलाई नसच्याएसम्म छलफल अघि बढ्न नदिने अडान लिएका थिए।

प्रतिनिधिसभामा शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रतिनिधिसभा सदस्यलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना रहनेगरी १७ समूहमा विभाजन गरिएको छ।