मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएसँगै मिटरब्याज पीडितले न्याय पाउने प्रक्रिया सहज हुने भएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्छ भन्ने पार्टी सभापति शेरबहादुर देउवाबाटै सिकेको बताएका छन्।
प्रतिनिधिसभा सदस्य एवं कांग्रेस महामन्त्री गगन थापाले विश्वविद्यालयको विधेयक ल्याउँदा कार्यपालिकाले कहीँ कतै पनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्ने बताएका छन्।
रास्वपा, राप्रपाका सांसदले नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा हिंसालाई प्रशय दिने, राष्ट्रिय अखण्डता र शान्ति सुरक्षालाई चुनौती दिने प्रकृतिका दफा राखिएको भन्दै विरोध जनाएका छन्।
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रतिनिधिसभा सदस्य एवं कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गरेका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, कानून र आफ्नो जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र मातहतका संगठन अगाडि बढाइने बताएका छन्।
शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापले महत्त्वपूर्ण भूमिका खेल्ने सभामुख घिमिरेले बताएका छन्।
समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको मन्त्री ज्वालाको भनाइ छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए।
एमाले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गरेको छ।
कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीप्रति लक्षित गर्दै पार्टी र नेताहरूको आलोचना केन्द्रीय समितिमा मात्र गर्न चुनौती दिएका छन्।
रास्वपाका सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।
संसद् अवरोधका कारण विधेयक पारित हुन नसकेको र सञ्चालन हुने बित्तिकै मिटरब्याजी विरुद्धको विधेयक पारित गरिने गृहमन्त्री श्रेष्ठको भनाइ छ।
पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने व्यवस्था गरेको र पहिले पनि नेता परिवर्तन भएको थापाको भनाइ छ।
बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुनेछ।
सहायक विदेशमन्त्री लुले एमसीसी परियोजना पूर्णरूपमा शुरू गर्ने र वरिष्ठ अधिकारी आएर परियोजना पूर्णरूपमा आरम्भ गर्ने बताए।
सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
महामारीका रूपमा देखा परेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन्।