AnonymousUser

Logout

देशको अवस्था सुधार्ने जिम्मेवारी युवापुस्ताले लिनुपर्छ : गणेश तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युवापुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकिर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

राजनीतिक विषयमा मन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन: प्रधानमन्त्री

नेपालमा सामान्य विषयमा पनि मन्त्रीहरूको राजीनामा माग्ने गलत संस्कार बसेको प्रधानमन्त्री दाहालको दाबी छ।

१०० किलो सुन प्रकरणले किन ‘हायलकायल’ देखिँदैछ एमाले?

विमानस्थलबाट भित्रिएको एक सय किलोग्राम सुन तस्करीलाई लिएर एमाले अध्यक्ष ओलीले दिइरहेका अभिव्यक्ति र एमाले संसदीय दलको निर्णयबमोजिम संसद्मा शुरू गरिएको अवरोधले धेरैलाई अचम्मित तुल्याएको छ।

संघमा दुइटा सदनको काम छैन, राष्ट्रियसभा खारेज गरौँ: राजेन्द्र लिङ्देन

प्रतिनिधिसभा भइसकेपछि राष्ट्रियसभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।

समाजवादी मोर्चाको कार्यविधि पारित, ४ सदस्यीय सचिवालय रहने व्यवस्था 

मोर्चामा आबद्ध दलसँगको समन्वयमा काम कारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन पारित गरिएको कार्यविधिमा सचिवालय तथा सचिवालयको काम, कर्तव्य र अधिकारबारे ६ बुँदे व्यवस्था गरिएको छ।

मिटर ब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित, प्रमाणीकरणको बाटो खुल्यो

राष्ट्रियसभामा नै उत्पत्ति भएको विधेयक गत असार ३१ गते प्रतिनिधिसभाबाट संशोधनसहित पारित भएको थियो। 

कांग्रेस महासमिति बैठक मंसिरमा, केन्द्रीय समितिको अर्को बैठक असोज २ गते

नेपाली कांग्रेसले नीति महाधिवेशनको साटो महासमिति बैठक बोलाएको छ। आगामी महासमिति बैठक मंसिर ११, १२ र १३ गते हुने भएको छ।

सुन तस्करी छानबिन उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले गर्‍यो  प्रतिनिधिसभा बैठक अवरुद्ध

आकस्मिक समय चलिरहेको बेला एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारलाई रुलिङको माग गरेपछि एमाले सांसदहरू नारा लगाउँदै सभामुखको आसनअगाडि पुगेका थिए।

कांग्रेसमा उठेको समानुपातिक प्रणाली खारेजीको माग

स्थिरता र समृद्धिको बाधक बनेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केही नेताले समानुपातिक निर्वाचन प्रणाली खारेजीको माग उठाएका छन्। के उनीहरूले भनेजस्तै यसो गर्न सम्भव छ?

सुन प्रकरण निष्पक्ष छानबिनको माग गर्दै रास्वपाले बुझायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

सभामुख देवराज घिमिरेलाई रास्वपाका सांसदले बुधबार सार्वजनिक महत्वको प्रस्ताव बुझाएका हुन्। प्रस्तावमा २० जना सासदको हस्ताक्षर छ।

सुन प्रकरणबारे धारणा बनाउन एमाले संसदीय दलको बैठक बस्दै

एमालेले सुन बरामद प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न उठाइरहेको छ।

१ जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री

नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीलगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ।

संसद्को हालत देखाउने ‘मिनि संसद्’ : दलीय हानथापले तीन महिनासम्म नेतृत्व नै पाएनन्

सदन नचलेका बेला संसद्को भूमिका बहन गर्ने संसदीय समितिहरूलाई दलहरूले कतिसम्म निरीह बनाएका छन् भन्ने प्रतिनिधिसभाका १० र संयुक्त सदनका २ विषयगत समितिले ३ महिनासम्म पनि नेतृत्व नपाउनुले छर्लङ्ग पार्छ।

निर्वाचन खर्च सार्वजनिक नगर्ने २ हजार ४३५ जनालाई १५ हजारका दरले जरिबाना

निर्वाचन आयोगले गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारहरूलाई जनही १५ हजारका दरले जरिबाना गरेको छ।

भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्य सकिन्छ: शेखर कोइराला

कांग्रेस नेता शेखर कोइरालाले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिँदा अन्तर्राष्ट्रियस्तरमा देशको छवि धुमिल हुने टिप्पणी गरेका छन्।

भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ दृढताका साथ लड्नुपर्छ : प्रधानमन्त्री

वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री दाहालको भनाइ छ।

ढिलो–चाँडो उच्च तहका नेताहरूको सम्पत्ति छानबिन हुन्छ: कानूनमन्त्री

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारका ठूला–ठूला काण्डहरूको फाइल खोल्दै अनियमितता गर्नेहरूलाई कानूनी दायरामा ल्याइने बताएका छन्।

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समिति बैठकको निर्णयबारे छलफल हुने

११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्त्वपूर्ण निर्णय गर्दै बुधबार समापन गर्ने कांग्रेसले जनाएको छ।

ओली र सीसीपीका नेताबीच भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल 

पार्टी कार्यालय च्यासलमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको एमालेले जनाएको छ।

गृहमन्त्रीको गैर जिम्मेवारीले हद नाघ्यो, सुन तस्करीमा कसको संलग्नता छ उहाँले प्रस्ट पार्नुपर्छ: ओली 

सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने ओलीको चेतावनी छ।