नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्छ भन्ने पार्टी सभापति शेरबहादुर देउवाबाटै सिकेको बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताएका छन्। आइतबार संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्ने कुरा सिकेको बताएका हुन्।
उनले आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको उल्लेख गरे। उनले संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताए। मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वाभाविक हुने उनको भनाइ थियो।
“मैले साथीहरूसँग सरसल्लाह गर्ने, मौका कुरिराख्ने, कतिबेला मौका आउला भनेर हेरिराख्ने गरेन भने चाहिँ अस्वाभाविक हो। त्यो मैले गर्नै पर्छ। यो सबै कुरा मैले आदरणीय नेता शेरबहादुर देउवाबाटै सिकेको हो। संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँ,” उनले भने, “गिरिजाप्रसाद कोइरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नुभएन, त्यसरी नै लागेको हुँ।”
महामन्त्री थापाले संसदीय दलको नेता बदल्ने प्रक्रियामा आफू निरन्तर लागिरहने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
