करिब ८५ हजार मानिसले भाग लिएको कोप–२८ लाई जलवायु अभियन्ताले भद्दा र अर्थहीन हरियो नाटक भनी आलोचना पनि गरेका छन्।
एकीकृत बस्ती व्यवस्थापन तथा एकीकृत सेवासुविधामा जोड दिने हो भने ग्रामीण अर्थतन्त्रका धेरै चुनौतीहरू न्यूनीकरण हुन सक्ने देखिन्छ।
सबैजसो नैतिक शिक्षाका पाठ्यपुस्तक ईश्वरको वन्दनाबाट शुरू भएबाट यस्तो लाग्थ्यो– नैतिकताका प्रकाण्ड रक्षक परमेश्वर कतै आकाशको बादलभित्र लुकेर 'अनैतिक धर्तीवासी'को चियो गरिरहेका छन्।
एउटा टोलीले वर्षभरि कुरेर प्रधानमन्त्री कप खेल्थ्यो। धेरै टिम दुई म्याच खेलेर बाहिरिन्थे। अहिले प्रधानमन्त्री कपमा एक टोलीले कम्तीमा नौ खेल खेल्न पाउँछन्। तर यति मात्र पर्याप्त छैन।
शुक्रबार र शनिबारका तीन वटै दुर्घटनामा मृत्यु हुने सर्वसाधारण भएकाले तिनको मृत्यु राज्यलाई मूल्यहीनझैँ लाग्छ। मृत्युका पछाडि कुनै भिड नभएकाले सरकारले कुनै छानबिन र राहतको घोषणा पनि गरिरहनु परेन।
बालुवाटारमा ‘रअ’ प्रमुख गोयललाई ‘गुपचुप’ भेटेझैँ यसपालि द्वारिकाज् पुगेर 'पालोक्रम'मा ओलीले जयशंकर भेटे। दोस्रो किस्तामा ओली–जयशंकरको गुपचुप १५ मिनेट भेट पनि भयो। सो भेटबारे कसैलाई अत्तोपत्तो छैन।
विचारहरूलाई ध्रुवीकरण गर्ने नाममा राजनीतिक पार्टीका नेताहरूले आफ्ना भाषणमा भड्कावपूर्ण भाषा प्रयोग गर्ने गरेका छन्। यसले विचारहरूलाई ध्रुवीकरण गर्नुको सट्टा जनस्तरमा घृणा र द्वेष बढाइरहेको छ।
करिब तीन करोड जनसंख्या भएको मुलुकमा दुई वर्षमै कुल जनसंख्याको ५.५ प्रतिशत युवाले देश छोड्नु असामान्य हो। बृहत् संकट र युद्धजस्ता विशेष अवस्थामा बाहेक यो गतिमा युवाले देश छाड्नु सामान्य होइन।
भारत निर्वासित राजेन्द्रविक्रमलाई जंगबहादुरले गरेको पदच्यूतबाट उत्साही मोहनशमशेरले राजा त्रिभुवनलाई हटाउन खोज्दा राणाशासन सकियो। २२ वर्षअघि राजा भएका ज्ञानेन्द्र महेन्द्रपथमा लाग्दा राजतन्त्र ढल्यो।
युक्रेनी शरणार्थीलाई शरण तथा सहयोग गर्ने पश्चिमाले प्यालेस्टिनीमाथि पक्षपात गरेकै छन्, प्यालेस्टिनीलाई शरण दिने कुरामा अरब राष्ट्रहरूले समेत अग्रसरता देखाएका छैनन्।
पृथ्वीमा जीवन आरम्भको एक अभूतपूर्व र अद्वितीय घटना घट्यो। तत्पश्चात् जे जति प्राणी अस्तित्वमा थिए वा छन्, ती सबै त्यही आदिम पहिलो पुर्खाबाट फैलिएका हुन्।
धेरैजसो शहरिया सम्भ्रान्तको बुझाइ हुने गर्छ, ‘बाहिरबाट आउनेहरूले शहर बिगारे, फोहोर पारे।’ तर त्यसो भन्नेहरू अन्ततः बाहिरबाटै आएर यहाँ शहरमा भाग्य अजमाएकाहरू हुने गर्छन्।
अत्यन्तै सरल तरिकाले सम्पन्न गर्न सकिने कामका लागि पनि सरकार सञ्चालकहरूले थापेको जटिल यान्त्रिक संरचनामा फस्दाफस्दै पनि जनताले धैर्य गरेका छन् भने यो आँधी आउनुभन्दा पहिलेको सन्नाटा मात्र हो।
महिलाले स्कुल जाने, शास्त्र पढ्ने कुरै थिएन। छोरीहरू पढे भने बिग्रिन्छन्, गाई बहुलाउँछन्, घरमा अलच्छिन पस्छ भन्थे। तर तिनै आमाहरूको भूमिका सामाजिक सहिष्णुता र द्वन्द्व व्यवस्थापनमा प्रभावकारी थियो।
नेपाली संस्कृतिको मूल प्रवाहमा समाहित भई सिख समुदायले आफ्नो पहिचान कायम राख्न सकेका छन्। नेपाललाई यथार्थमा नै सबै जातको फूलबारी बनाउनमा सिखहरूले योगदान गरी नै रहेका छन्।
अपांगता भएका व्यक्ति यौनजन्य हिंसामा पर्ने त्रास बढी हुन्छ। सोही कारण अपांगता भएका महिलालाई यौनजन्य दुर्व्यवहार गरे थप पाँच वर्ष सजायको व्यवस्था छ। धेरैजसो मान्छेले यी तथ्यबारे बुझ्ने चेष्टा गर्दैनन्।
पसिनाको कमाइ यस्तो बजारिया र कमसल खाजामा खर्च नगर्नुहोस्, यति मूल्यमा घरमै बनाउन सकिने मकैभटमास, चिउरा, चना, बदाम र सातु अथवा फलफूल किनेर खानुहोस् भनौँजस्तो लाग्छ, तर पसले रिसाउलान् भनेर चुप लाग्छु।
बालकुमारी घटना हुनुमा भौतिक पूर्वाधार तथा यातायात, गृह र श्रममन्त्री तीनै जना प्रारम्भिक दृष्टिकोणमै गलत छन्। उनीहरूको गल्ती खुट्याउन कुनै आयोग वा समिति जरूरी छैन। कारबाहीको थालनी उनीहरूबाटै हुनुपर्छ।
गाँजाबाट मनग्य फाइदा पुग्ने भए सिधै मन्त्रिपरिषद्बाट ठाडो आदेशसहित गाँजा फुकुवा गरे भयो त ! गाँजा बहुउपयोगी वनस्पति हो, तर अमृत होइन। त्यसैले यसलाई केवल सीमित रूपमा वैधानिक गर्नुपर्छ।
हामीले खोजेको पनि त्यही हो। जतिसुकै ठूला र माथि ठानिएका पनि संविधान र कानूनभन्दा माथि नहुन्। यो राज्य र यहाँको न्यायप्रति भरोसा गर्ने अवस्था रहोस्।