देशका अन्य ठाउँमा आधारभूत सेवाका लागि बजेट पुगेको छैन। चितवनमा भने फन्टुस काममा बजेट खन्याइएको छ। विकेन्द्रीकरणको वकालत गर्ने केन्द्रीय सत्तालाई यो मनोमानी गर्ने छुट कसरी भयो?
बारम्बार पूर्वअधिकारीलाई बोलाउनै पर्ने र तिनको सुझाव समेट्नै पर्ने परम्पराले नीतिगत अग्रप्रस्थान सम्भव हुन्छ? कसरी मुलुक रूपान्तर हुन्छ?
पत्रकार साथीले ‘राजाको टिप्पणीबारे के सोच्नु भएको छ?’ भनेर सोधे। मैले भनेँ, ‘मेरो दिमागमा त जंगली हात्ती आइरहेको छ, निलगाई आइरहेको छ।’
सडक व्यवसायलाई फोहोर फाल्ने धन्दाका रूपमा मात्रै चिनेको देखिन्छ। त्यसो हुनु दुर्भाग्यपूर्ण हो, किनकि उनीहरूको भूमिका हाम्रो सामाजिक तथा अर्थतन्त्रको दृष्टिकोणबाट बहुआयामिक देखिन्छ।
चर्चित अनुहारको क्षणिक आदर्शभन्दा निकै सुन्दर छन् आम मान्छेका संघर्षपूर्ण वैवाहिक जीवनका कहानी।
मुनाफामा जोड, उत्पादनका साधनहरूको निजीकरण, प्राकृतिक स्रोतको असीमित दोहन, निरन्तर आर्थिक वृद्धिको दुहाई र सेवा तथा सुविधाको वस्तुकरणमार्फत पुँजीवादी खुलाबजार अर्थतन्त्रले पर्यावरणीय संकट निम्त्यायो।
हजुरबुबाले पाखोबारी जोडे। बुबाले लालपुर्जा लिन लडे र बेचबिखन गरेर सुगममा सन्तानको सुखका लागि बसाइँ सारे। नातिले यतिले नपुगेर बिदेसिनु परेको छ।
प्रदीप गिरि भन्नुहुन्थ्यो– स्थापनाकालदेखि नै नेपाली कांग्रेसको शक्तिको मुख्य केन्द्र मधेश नै हो। कांग्रेसले आदर्श र विचारधाराको क्षेत्रमा तयारी गर्नुपर्ने छ। मधेशलाई सम्बोधन गर्दै भन्नुपर्ने अनेक छन्।
गर्मीमा सियाँलमा रमाउनु र जाडोमा पहारिलो घाममा उँग्न पाउनु। अनि जीवनमा फुर्सदिलो समय पाउनु, कस्तो अहोभाग्य!
इतिहासमा दरबारिया षड्यन्त्रलाई चिर्न शासकहरू युद्धको घोषणा गरेर भारदारहरूको ध्यान त्यतै मोडिदिन्थे। लोकतन्त्रमा जनता अल्मल्याउन जाँचबुझका नाममा अनेक समिति र आयोग बनाइन्छ।
काटेको घाउ सजिलै निको हुन्छ, तर पोलेको घाउ निको हुन धेरै समय लाग्छ। उसैगरी रुख काट्नुभन्दा धेरै गुणा हानिकारक हुन्छ जंगलको डढेलो।
सीमित मेमोरीयुक्त कृत्रिम बौद्धिकता धेरै जटिल हुन्छ र प्रतिक्रियाशील यन्त्रहरूको तुलनामा यसले धेरै सम्भावना प्रदान गर्छ। चालकरहित कार, च्याट जीपीटी, गुगल बोर्ड, यसका उदाहरण हुन्।
'जनयुद्ध'को स्तुतीकरण र विद्रुपीकरण दुवै अतिवाद हुन्। शोषित, उत्पीडित र परिवर्तनकामीलाई चालक शक्तिको काम गर्ने युद्धहरूको सम्झना नवीन संघर्षमा दायित्व निर्वाह गर्न संकल्प उत्सवको रूपमा मनाउनुपर्छ।
रवि मिडियाबाट उदाएर राजनीतिमा जुरुक्क उभिएका नेता हुन्। राजनीतिमा उनको उठान जसरी भयो, बैठान पनि सर्लक्कै हुने खतरा छँदैछ। यसले भविष्यको गर्भमा रहेका नयाँ पार्टीहरूलाई हतोत्साह हुनसक्छ।
जब स्कुलले ‘हामी अटिजम भएको बच्चा हेर्न सक्दैनौँ’ भन्यो तब फेरि मुटु फुट्लाजस्तो भयो, गला अवरुद्ध भयो, आवाजै आएन। छोरीका बाबालाई बोलाएँ र छोरी घर फिर्ता लिएर आयौँ।
पीत पत्रकारिताको बिम्ब बनेको १२ भाइको ‘मार्केटिङ’ त रविले गज्जबले गर्दिए, जुन कलामा उनी माहिर पनि छन्। यसको उत्पत्ति कसरी भयो भन्नेचाहिँ पत्रकार बिरादरीमै धेरैलाई थाहा नहोला, अरूलाई के थाहा हुनु!
संसदीय गतिविधिमा सरकारका प्राथमिकता र पूर्वतयारीबिना खाली औपचारिकताका लागि संसद् डाक्ने अभ्यासकै निरन्तरताका रूपमा सरकारले हिउँदे अधिवेशनको आह्वान गरेको छ।
बाइबलको कथामा ईश्वरले आफ्नो शासनमा नियन्त्रण गुम्ने भयले आम मानिसको भाषा गडबड गरिदिएर सिर्जना गरिदिएको बेबलझैँ नेपाली दलहरूले पनि कहीँ बेबलका लागि पायक वातावरण तयार गर्दिइरहेका त छैनन्?
राणाशासन र पञ्चायती व्यवस्थामा राजघरानीयाँ महिला सत्तामा हालीमुहाली गर्थे, अवसर र स्रोतसाधनमा तिनकै वर्चस्व थियो। महिलाका लागि भनिने कार्यक्रम, योजना र नीतिहरू रानीका नाउँमा जारी हुन्थ्यो।
संसदीय समिति गठन गर्न सकिने विषय हाम्रो संविधानमा नै उल्लेख छ। संसदीय समितिले सदन नचलेको बेलामा पनि काम गर्न सक्ने भएकाले संसद् सधैँ चलेझैँ अनुभूति पनि दिलाउँछन्।