AnonymousUser

Logout

कोप–२८ सम्मेलनमा ‘ग्रिन वासिङ’ मुद्दा

सन् २०५० भित्र विश्व अर्थतन्त्रलाई पूर्ण 'डिकार्बनाइज' गरी 'नेटजिरो'मा जान नसके अर्को सदीभित्र छैटौँ आम विलोपनजस्तो अत्यन्त दु:खदायी परिणाम भोग्नु पर्नेतर्फ वैज्ञानिकहरूले सचेत गराएका छन्।

जमिन कसको?

जमिन ओगटेर त्यतिकै बर्षौंवर्ष बाँझो राखिनु हुँदैन। त्यसलाई अपराध मानिनुपर्छ। दीर्घकालसम्म जमिन  खालि राख्ने अधिकार कसैलाई हुनुहुँदैन।

अबको आवश्यकता: सुविचारित विद्रोह

निराश मान्छेले नै हो नायक खोज्ने। अराजकता कहिले दुर्गा प्रसाईंबाट त कहिले अनेकौँ नयाँ 'चमत्कारिक नायक'हरूबाट प्रकट हुन्छन्।

धार्मिक राजशाही वा निरंकुशता विकल्प हुन सक्दैन

राष्ट्र परिस्थितिजन्य र कतिपय प्रायोजित संकटबाट गुज्रिरहेको छ। तथापि त्यसको निकास पश्चगमन, धार्मिक राजशाही र निरंकुशता हुन सक्दैन। विकल्प गणतन्त्रभित्रै खोजिनुपर्छ।

जंगबहादुरले यसरी बढाए आफ्नो जात

चित्तौडका कलीन राजवंशका घरानामा आफ्नो जन्म भएको दाबी गर्दै तत्कालीन राजा सुरेन्द्रबाट जंगबहादुरले राणा उपाधि लिन सफल भए। शुरूमा ‘कुँवर राणा’ लेखे पनि उनका सन्तानले राणा मात्र लेख्न थाले।

टिकटक प्रतिबन्ध: भीपीएन प्रयोगले ‘डेटा’ चुहावटको जोखिम

टिकटक छाड्नेहरू अब बिस्तारै यस्तै सुविधाका फेसबुक/इन्स्टाग्रामको रिल, स्न्यापच्याटको स्पोर्टलाइट र युट्युबको सर्ट आदिमा सर्नेछन्। अन्यत्र बसाइँ सरे पनि प्रयोगकर्ताले गर्ने भनेको पहिलेकै ‘काम’ हो।

नेपाली सुनाखरी प्रजाति ५०० भन्दा बढी: संरक्षण र अनुसन्धान भने कम

नेपालमा धेरैजसो सुनाखरी या त खतरामा परेका छन् या त लोप हुने क्रममा छन्। यस्तो हुनुका मुख्य कारणहरू व्यापार, वासस्थानको नास, आगलागी, भौतिक संरचनाको निर्माण आदि हुन्।

मान्छेलाई नै वस्तु बनाउने उपभोक्तावादी संस्कृति

बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित 'नेपाल आमाको जय' अंकित टी-सर्ट र फेटा गुथ्दै चर्का राष्ट्रवादका भजन गाइरहेछन् एकथरि मान्छे।

स्वाभाविक मृत्यु स्वीकार्न सिकाउने यमपञ्चक

कुनै न कुनै रूपमा एक दिन काल अवश्य आउँछ र हामी सबैलाई टपक्कै टिपेर लैजान्छ। संसारका सबै मानिस एकजुट भएर लडे पनि मृत्युविरुद्धको युद्ध जित्ने सामर्थ्यको कल्पना गर्नु व्यर्थ छ।

देखाउनकै लागि बजार अनुगमन: व्यवसायी र उपभोक्ता दुवै मारमा

आगलागीपछि दमकल छिरेझैँ चाडबाडको बेलामा मात्रै सरकार बजार अनुगमनमा छिर्नु गलत हो। जनतालाई रोजगारीको सहज व्यवस्था गरे सरकारले कडा अनुगमन गर्दा पनि आपत्ति जनाउनुपर्ने थिएन।

कार्ल मार्क्स ‘सेक्युलरिजम’को कुरा गर्दैनन्

चीनमा सबैभन्दा पहिले दैविक वैधानिकताका कुरा आएपछि राजतन्त्र र सम्भ्रान्तहरूको शासनको कुरा आयो। पुरोहित/पोप राजाको अवधारणा पनि त्यसैबाट आएको हो।

विषाक्त लेड: चाडबाडका रङदेखि बच्चाका खेलौनासम्म

लेडको परिमाण धेरै र अलि लामो समयसम्म रहँदा छारे रोग लाग्न सक्छ। पाचनप्रणालीलाई असर पार्ने भएका कारण खानामा अरुचिलगायत समस्या देखिन्छ। रक्तसञ्चार प्रणाली र रक्तकोषिका वृद्धिमा पनि असर गर्छ।

पर्वमा ‘देखासिकी’ प्रकोप: विपन्नको हुर्मत, बजारको रजाइँ

वर्षौँदेखिका पोसाक र उपहार तपाईं हामीमध्ये कैयौँका दराजमा ढुसी लागेर बसिरहेका होलान्, तर हामी ‘यस पटक फलानोलाई के उपहार दिने?’ भन्दै बजार चहारिरहेका छौँ।

विपद्‍पछि मानसिक स्वास्थ्य: गम्भीर विषय, कम चासो

कतिपय मान्छे राम्ररी खान लाउन दिए पीडितहरूले दुःख बिर्सिहाल्लान् भन्ठान्छन्, जबकि आफन्तको बिछोड र त्यसको चोट मान्छेले बिर्सेका हुँदैनन्।

बच्चाको हुर्काइमा ‘फादर फ्याक्टर’को अर्थ

बच्चाको जीवन सृष्टि गर्न आमा र बाबुको बराबर भूमिका भएता पनि बाबुले सघाउन मिल्ने बच्चाको स्याहारसुसार र हुर्काइमा समेत लगभग एकल जिम्मेवारी आमाले नै लिएकी हुन्छिन्। 

हिमाल, पहाड र तराईको साझा र संवेदनशील मुद्दा : जलवायु परिवर्तन

प्राकृतिक स्रोत पानीलाई लिएर द्वन्द्वका सम्भावनाबारे भइरहेका विभिन्न अनुमानलाई आधार बनाइ संयुक्त राष्ट्रसंघका महासचिवले संसारका १० ठूलामध्ये ८ हिमाल भएको देश नेपालको भ्रमण रोजेझैँ लाग्छ।

जाजरकोट भूकम्पः नदी आसपासका घरहरूमा बढी क्षति देखियो, थप अध्ययन जरुरी

हामी आइतबार बिहान नलगाड नगरपालिका– १ चिउरे पुग्दा शवहरू उठेकै थिएनन्। त्यहाँका सबै घर धुलोपिठो भएको पायौँ। घरहरू बालुवाको ढिस्कोजस्तै ढलेका थिए।

२०७२ को भूकम्पयता कहाँ चुक्यौँ हामी? 

विकसित देशमा यही स्तरको भुईंचालो आउँदा अलिकतिसम्म पनि क्षति नहुने, तर हामीकहाँ पूरै बर्बाद हुने अवस्था किन आयो भनेर गम्भीर हुन जरुरी छ। 

आलुप्याजको इतिहास र बहुउपयोगी गुण

प्राचीन कालमा इजिप्टमा प्याजको पूजा हुने गर्थ्यो। त्यसैले प्याजका चित्रहरू पिरामिडको भित्री पर्खालमा र पुराना चिहानहरूमा समेत देख्न सकिन्छ।

गगनलाई पत्र: राजनीतिका नयाँ अनुहारसँग सहकार्य गर्नुहोस्

राजनीतिक बदलाबका लागि हिजो चर्को र उत्तेजक भाषण आवश्यक थियो, तर नेताका चर्का आदर्शवादी भाषणले अब युवाको भविष्य सुनिश्चित हुँदैन।