दस वर्षे भूमिगत जीवन र सशस्त्र युद्धमा प्रचण्डले जसरी आफ्नो छुट्टै राजनीतिक छवि बनाएका थिए, संसदीयकालमा त्यसलाई माटोमा मिलाए।
चार्ल्स शोभराज जुन ढंगले अन्तर्राष्ट्रियस्तरमा ‘सिरियल किलर’का रूपमा चिनिएका व्यक्ति हुन्। उनले जुन अपराध गरेको भनिएको छ, त्यसमा कहिल्यै साबित भएनन्।
अब माओवादीले आफूलाई सशक्त बनाउने हो र नम्बर एक पार्टी बनाउने हो भने २०६९ सम्मका सबै माओवादीलाई एकताबद्ध गरेर अगाडि नबढी सुखै छैन।
हेर्दा जति नै उदार र लचिलो लागे पनि हाम्रो संविधान अति नै कठोर बनाइएको छ। र, संविधान र जनमतबाटै 'हङ पार्लियामेन्ट'को अवस्था सिर्जित भएको हो।
पार्टीको भावी सभापतिको उम्मेदवार बन्न पाउँछु भनेर मात्रै मैले गगनजीलाई समर्थन गरेको होइन। मैले त्याग गरेको हो। मेरो त्यागलाई कांग्रेसले बुझ्छ, पार्टीमा उत्साह आउँछ भन्ने लागेको छ।
जलवायु परिवर्तनका असरहरू विश्वव्यापी रूपमै परिरहेका छन् तर यसबारे जति संवेदनशीलता देखिनुपर्ने हो, त्यति देखिएको छैन।
हर्कले विभेदजन्य कसुर मात्रै गरेका छैनन्, बारम्बार आफ्नो हर्कतलाई कसुर होइन भन्ने आशय व्यक्त गरेका छन्। जनप्रतिनिधि भएर स्वयं मौजुदा कानुन र जनभावनाको खिल्ली उडाएका छन्।
वैज्ञानिक ट्राफिक व्यवस्थापन र सवारी चालक शिक्षा लागू गरेर अरू देश सवारी दुर्घटना न्यूनीकरणमा सफल भएका छन्। हामीले पनि त्यसतर्फ तदारुकताका साथ पाइला चाल्नु आवश्यक छ।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा बर्रे संघर्ष भनिने सामन्तका तमसुक जलाउने आन्दोलनका कमान्डर केशरमणि पोखरेलको ८५ वर्षको उमेरमा मंसिर २४ गते निधन भएको छ।
कतिपय युवा र दीक्षित मतदाताले “अर्को निर्वाचनमा स्पष्ट विचार लिएर आउनु, अनि हेरौँला” भन्नु भएको थियो। र, गत चुनावमा आफ्ना एकएक मतदाता भेट्ने रणनीति लिएर म चुनावमा होमिएँ।
करिब ४७ जिल्लामा क्रिकेट संघ गठन भएको छ। तर, कति जिल्लामा क्रिकेट भइरहेको छ भनेर क्यानले भन्न सक्ने स्थिति छ त? अलिअलि क्रिकेट हुने भनेको लुम्बिनीमा हो। अन्य प्रदेश र जिल्लामा क्रिकेट खेलाएको खै?
मलाई समाज र परिवारको अनावश्यक हस्तक्षेप स्वीकार्य छैन। मेरो जीवन मेरै मर्जी हो। मेरो जीवनमाथिको अनावश्यक चियोचर्चो बन्द गर।
विश्व राजनीति नियाल्ने हो भने प्रगतिशील मुद्दालाई जोडदारसँग बोक्ने काम राजनीतिक दलले मात्रै गरेका छैनन्।
“मैले समानुपातिकमा १० लाख मत आउने अपेक्षा गरेको थिएँ। थ्रेसहोल्ड नकट्ने त कुरै थिएन। मलाई केपी ओलीको षडयन्त्रपूर्ण योजना र निर्वाचन आयोगको भूमिकामाथि शंका छ।”
आजको नेपाली कांग्रेसले असल सुझावहरूलाई मान्छ भन्नेमा ढुक्क नभए पनि कांग्रेसले वास्तविक वेस्टमिन्स्टर अभ्यासलाई पछ्यायोस्, जहाँ पार्टी संगठनको नेता र संसदीय दलकाे नेता फरक व्यक्ति होस्।
कोही आन्दोलनकर्मी निर्दोष भए वा प्रहरी अभियोजन दुराग्रहपूर्ण भए कानूनी र वैधानिक रूपमै निराकरण खोजिनु पर्छ। अन्यथा राजनीतिक निर्णयहरूले समाजको सद्भाव खलबल्याउने र दण्डहीनतालाई प्रोत्साहन दिने छ।
स्ट्रक्चरल इन्जिनियरिङका विद्यार्थी बालेन शाहले शहर भौतिक संरचनाहरूको थुप्रो मात्र होइन, त्यहाँ बस्ने अनेक मानिससँग जोडिएर आउने आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक योग हो भन्ने बुझ्नुपर्छ।
कानुनको अभावमा तत्काल ठूलो समस्या हुने भयो भने अध्यादेश ल्याउने हो। अहिले सरकार बनाउन र टिकाउन अध्यादेश ल्याएको सन्देश गइरहेको छ।
संसारका अनेक दर्शन, धर्म, खेल, साहित्यलगायत तमाम अन्य कुरा पुरुषलाई नै केन्द्रमा, त्यही नजर वा लेन्सबाट हेरिन्छ। अथाह पैसा खन्याइएको वर्ल्ड कपको महँगो मेला पनि आखिर पुरुषहरूकै मात्र विश्वकप भएको छ।
पार्टीभित्र हामीले ‘जान्नेलाई छान्ने’ भन्दै योग्यता अर्थात् मेरिटको आधारमा पठाउने नीति लिएका थियौँ। तर, योग्यता नै नहेरी महामन्त्री मुकुल ढकालका निकटहरूलाई छानिएकोमा मेरो असन्तुष्टि हो।