AnonymousUser

Logout

पार्टीले चिन्दै नचिनेका व्यक्ति कसरी सांसद बने, नेतृत्वले जवाफ दिनुपर्छ : विन्दा पाण्डे

पार्टीले चिन्दै नचिनेका मानिसहरू सूचीमा परेर सांसद् बनेका छन्। अर्को पार्टीको अध्यक्ष पनि एमालेको सूचीबाट संघीय सांसद् हुने कुरा कुन विधि, विधान, पद्धति र प्रक्रियाबाट भयो?

संरचनात्मक लाभको चुपचाप भोग कहिलेसम्म?

इरानमा जस्तै शक्तिशाली ‘ऊहापोह’ यहाँ पनि आउन सक्छ। युगाैंदेखि थिचिएका र दबिएका मान्छेहरू हिंस्रक बनेर उत्रिए भने त्यसको प्रभाव सिङ्गो समाजले भोग्नुपर्नेछ।

बालेनलाई प्रश्न– यो शहर कसको हो? तपाईंले बनाउन खोजेको कस्तो शहर हो?

६ महिनादेखि सडक र फुटपाथ व्यवसायीमाथि भइरहेको अत्याचार हेर्दा सोध्नैपर्ने भएको छ– हामी कस्तो शहर बनाउँदैछौँ? यहाँ बस्ने मानिसलाई हेरेर जीवन्त शहर बनाउँदैछौँ कि भौतिक रूपमा सम्पन्न तर मृत शहर?

जीवनीकार गिरीलाई प्रश्न : पारिजातलाई किन 'सुश्री'का रूपमा प्रस्तुत गर्नुभयो? 

पारिजातकै जीवनले रचेका कुरालाई किताबमा उतारेको हुँ मैले। उहाँको जीवनमा धेरै पक्ष तथा अन्तरकुन्तरका कुराहरू थिए, जुन कुरा आममान्छेलाई थाहा छैन। ती कुरा थाहा पाउन चाहिँ यो किताब पढ्नुपर्छ भन्ठान्छु।

राखेप सम्झाउने हस्तक्षेपकारी ती सदस्य–सचिव

राखेप सदस्य–सचिव भएपछि सिंहले गरेका धेरै निर्णयले वाहवाही कमाएको थियो। राजनीतिक नियुक्तिबाट आएका र पद मात्र ओगटेका कतिपयलाई हटाउन थालेपछि भने आलोचना भयो। तर उनी न मात्तिए, न आत्तिएका थिए।

मधेशमा मुर्झायो कांग्रेस, फक्रियो एमाले

कोर मधेशमा कमजोर एमालेलाई मधेश विरोधी ट्याग पनि थियो। प्रतिकूल अवस्थामा पनि ओलीले मधेशलाई काफी प्राथमिकता दिए। तर शेरबहादुर देउवाले न मधेशमा संगठन बनाउन रुची देखाए, न चुनावमा प्राथमिकतामा राखे।

विचारको बहस : को वामपन्थी, को दक्षिणपन्थी?

पुँजीवादी देशहरू पनि वामपन्थबाट मुक्त छैनन्। जतिखेर पुँजीवाद संकटमा पर्छ,  त्यतिखेर आफूलाई जोगाउनका लागि पुँजीवादले वामपन्थको अभ्यास गर्छ।

प्रतिविश्वव्यापीकरणका प्रभाव

स्थानीयस्तरमा हुने सीमित विकास निर्माणबाहेक बाँकी सबै काम वैदेशिक सहयोग तथा ऋणमा निर्भर छन्। नेपाली अर्थतन्त्रको चारित्रिक विशेषता नै हो याे।

पुराना पार्टीमा सुधार र पुस्तान्तरण नगरे सर्वनाश

चुनावमा गठबन्धनले अपेक्षित जित दर्ज गर्न सकेन, त्यसैले देउवाको राजनीतिक लाइन अनुमोदित भएन। पार्टीभित्रै उदार मानिने र प्रतिपक्षमा रहेको लाइन प्रबल भयो।

रेशम चौधरी भन्छन्- हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा जाँदैनौँ [अन्तर्वार्ता]

निर्वाचन परिणामले त्रिशंकु संसद बन्ने आकलन भइरहँदा दलहरूले सरकार गठनको कसरत थालेका छन्। यस्तोमा ३ सिटसहित संघीय संसद्मा प्रतिनिधित्व गर्न लागेको नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिएला?

बेदुराम भुसाललाई प्रश्न– के एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न लागेको हो?

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले माओवादी केन्द्रसँग एकता गर्न लागेको भनेर सञ्चारमाध्यमले भ्रम सिर्जना गरेको र त्यसमा कुनै सत्यता नभएको दाबी गरेका छन्।

कतार विश्वकपमा पुग्दा : मैदानमा प्रतिस्पर्धा, बाहिर उल्लास

विश्वकप फुटबल आममान्छेका लागि प्रतिस्पर्धात्मक खेलकुद मात्रै हो। तर कतार आएपछि थाहा लाग्यो, यो केबल खेलकुद प्रतियोगिता मात्रै होइन रहेनछ।

अनुशासनहीन नेतृत्वले समाज भ्रष्टीकरण र आपराधीकरणको बाटोमा

नेपाली समाजमा अनुशासनहीन व्यवहारले जरा गाडिसकेको छ। तत्कालीन माओवादीले चलाएको सशस्त्र द्वन्द्वको बाछिटाले पनि अहिलेसम्म पिरोलिइरहेको छ। यसको प्रमुख जिम्मेवार राजनीतिक दलहरू नै हुन्।

नेपालीले बहिस्कार गर्नुपर्थ्याे विश्वकप फुटबल

कतारका स्टेडियम बनाउँदा कम्तिमा २२ सय नेपालीको ज्यान गएको छ। तिनको ज्यानको मूल्यमा खेलाइएको यो विश्वकप फुटबल कमसेकम नेपालीहरूले बहिस्कार गर्नुपर्थ्यो। तर हामीले बहिस्कारको आवाजलाई ठूलो बनाउन सकेनौँ।

सहज छैन 'नयाँ'लाई जनमत जोगाउन

कुनै बेला झन्डै दुईतिहाइ जनमत पाएका दलहरू विभाजित भएर चिल्लीबिल्ली भएको अवस्थामा नयाँ दलहरूबाट ठूलो आशा र अपेक्षा गरिहाल्नु अहिल्यै हतार हुनेछ।

सहज छैन 'नयाँ'लाई जनमत जोगाउन

कुनै बेला झन्डै दुईतिहाइ जनमत पाएका दलहरू विभाजित भएर चिल्लीबिल्ली भएको अवस्थामा नयाँ दलहरूबाट ठूलो आशा र अपेक्षा गरिहाल्नु अहिल्यै हतार हुनेछ।

‘भिगनिजम’को झोली बोकेर हिँड्दा…!

पृथ्वीको खेतीयोग्य भूमिको करिब ७० प्रतिशत केवल मासु, अण्डा र दुग्धजन्य पदार्थ उत्पादनका लागि प्रयोग हुन्छ जबकि कुल खाद्यान्न आपूर्तिमा मासु, अण्डा र दुग्धजन्य पदार्थको योगदान १० प्रतिशतभन्दा पनि कम छ।

‘एक्लो’मा म सुदूरपश्चिम छाडेर शहर आइपुगेँ : बुद्धिसागर

शहरको संघर्षभन्दा पाठकवर्गमा एक खालको अनुमान होला। तर, यो केही भिन्न छ। बाँकी पुस्तक विमोचनपछि नै थाहा हुन्छ। त्यसपछि पाठक अचम्भितका साथै आफैँलाई कहीँ कतै ‘रिलेट’ पनि गर्नुहुनेछ भन्नेमा आशावादी छु।

देशले चाहेको प्रधानमन्त्री

उमेर ढल्केका पाँचै नेताले देश हितका निमित्त सहकार्य गर्न अग्रसर हुने हो भने थापाको नेतृत्वमा बहुदलीय–राष्ट्रिय सरकार निर्माण गर्ने यो अवसर हो यो।

‘युवाले प्रधानमन्त्री हुन दौडिनुभन्दा पार्टी निर्माणमा लाग्नुपर्छ’

रूखमा नभइ गोलाकारभित्रको हँसिया-हतौडामा भोट दिन अपिल गर्दा आम जनमानसको विवेकमा घोचेको मैले अनुभूति गरेँ। अर्थात्, कांग्रेसका लागि गठबन्धन फलिफाप भएन।