जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीनको दीर्घकालीन समाधान खोज्ने कार्य राज्यले अतिशीघ्र अघि बढाउनु जरुरी छ। उनीहरूलाई सुरक्षित ठाउँमा एकीकृत बस्ती बनाएर व्यवस्थापन गर्न सकिन्छ।
‘प्राध्यापकहरू जग्गा जोत्न जाने हुन् र? क्याम्पसलाई यत्रो जग्गा किन चाहियो भन्दै धमाधम कब्जा गरियो। त्यो जग्गा फिर्ता माग्दै आन्दोलन गर्दा हामीलाई हिरासतमा कोचियो।’
१९९० सालको मेट्रीकुलेसनदेखि २०८१ सालको एसईईको तथ्यांकीय दस्ताबेज सरसर्ती हेर्दा पनि उच्चवर्गीय घनघोर उत्पीडनले निम्नवर्गीय मानिसलाई निरन्तर डामिरहेको देखिन्छ।
‘क्रिकेट संघको सचिव भएर मैले परिचालन परिषद्को नेतृत्व गरेँ। म जवाफदेही छु। जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी बुझाउछौँ। अब पारदर्शी कसका लागि हुनुपर्ने भन्ने प्रश्नको जवाफ मसँग छैन।’
कानूनी शासनको सम्मान नगर्ने उनीहरू यस्ता हर्कत पनि ‘जनताको इच्छा’ भन्दै गर्छन्। यसले वास्तवमा लोकतन्त्रलाई भित्रभित्रै मक्काउँछ र सक्काउँछ।
न्युयोर्कजस्तो शहरमा सर्वसाधारणको भावना बोक्ने एक राजनीतिक ताराको उदयलाई दुवै पार्टीले स्वाभाविक रूपमा खतरा ठानेका छन्। मामदानीजस्तै नयाँ नेता देशभर उदाउन सक्छन् भन्नेमा डेमोक्रेटहरू नै चिन्तित छन्।
अतिरिक्त सचिवको पद सिर्जनामा खासै विवाद छैन। तर त्यो पदको कार्यकाल नै नतोक्नेचाहिँ, त्यसो गर्दा उच्च लाभ पाउने सहसचिवहरूको ‘घरदैलो अभियान’का कारण सम्भव भएको हो।
'क्रान्तिको कोख'बाट जन्मिएका कतिपय सन्ततिले समेत म समाज बदल्न लडेका उदाहरणीय जोडीबाट जन्मेको भन्दै गर्व गर्न सक्ने स्थिति छैन।
सन् २०१५ मा बीजेपी सरकारकै पालामा भारतका १११ वटा गाउँ बांग्लादेशमा र बांग्लादेशका ५१ गाउँ भारतमा साटफेर गरिएको थियो।
बिहानै एक भारी घाँस या एक डोको दाउरा बटुलेर आफै खाना तयार गरी हतार–हतार घन्टौँ परको स्कुल भ्याउने विद्यार्थीले प्राप्त गर्ने उपलब्धिलाई अन्य विद्यार्थीको उपलब्धिसँग तुलना गर्नु कत्तिको न्यायसंगत छ?
नेपालको वर्तमान कूटनीतिक कमजोरीको उदाहरण हो- हालै आयोजित ‘सगरमाथा संवाद’। यस संवादमा अन्तर्राष्ट्रिय मञ्चबाट राष्ट्र वा सरकार प्रमुखको उपस्थिति शून्य थियो।
अरनिको राजमार्ग बनाउन आएका चिनियाँहरूले रेडबुक र 'चीन सचित्र' पुस्तक बाँड्थे, त्यही बेला राजा महेन्द्रले भारतीय सरकारको सरोकारलाई लिएर भनेका थिए– 'कम्युनिस्ट गाडी चढेर आउँदैनन्।'
संगीतलाई केवल संगीत कक्षामा मात्र सीमित नराखौँ। गणित, विज्ञान, इतिहास र भाषा जस्ता विषयहरू पनि पनि लय, सुर र सिर्जनशीलताको माध्यमबाट सिक्ने वातावरण सिर्जना गरौँ।
एउटै परिवार र नातागोतामा विवाह गर्नु हुँदैन भन्ने कारण पनि यसैले गर्दा हो। आमाबुवाको जिन जति धेरै मिल्यो, नयाँ सन्तानमा दबेर बसेका अप्रभावकारी जिन देखापर्ने सम्भावना बढ्न सक्छ।
मुलुकी अपराध संहिता २०७४ को विवाहसम्बन्धी व्यवस्थामा दुवै तर्फबाट कुनै चलअचल दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउने कार्यलाई दण्डनीय बनाएको छ।
देशमा एउटा कुरा गज्जब छ। शासक बनिसकेपछि उसले भुइँ टेक्नुपर्दैन। सके हेलिकप्टर नभए जहाजमा यात्रा सुनिश्चित छ। सडकमा पाइला हाल्नै परे करदाताको पैसामा साइरन बजाउँदै तिनैलाई पेल्दै हिँड्न पाइन्छ।
बाबा वैद्यनाथ धाम र बेहडाबाबा दर्शनमा धाइरहनुभन्दा परराष्ट्रमन्त्री आरजु राणाले विपिन जोशीको ‘श्वास र आश’मा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सक्नुपर्छ।
सन् १९९० को दशकदेखि जारी जातीय भेदभावले भुटानमै रहेका हजारौँ नेपाली मूलका ल्होत्साम्पा अझै पनि नागरिकता, जमिन स्वामित्व, मतदान, शिक्षा र सरकारी सेवाबाट वञ्चित छन्।
शान्ति र प्रगतिको बाधक नै विकसित भनिएका देशहरू भएको देखिन्छ। यस्तो अवस्थामा समग्र वैश्विक नागरिक समाजले अब युद्ध विरोधी मोर्चा बनाउनतर्फ लाग्ने समय आएको छ।
उहाँको मृत्युमा शंख बजेन। मृत्यु संस्कारमा पुरोहित राखिएन। छोरा र भाइ हुँदाहुँदै शवमा कमरेड सोनामले दागबत्ती दिनुभयो। मकवानपुरबाट बस–ट्रक रिजर्भ गरेर काठमाडौँ गएकाहरू शवयात्रामा सहभागी हुनै पाएनन्।