विदेशमा अध्ययन गरेर फर्किएका युवाको योगदानले देशमा अपूर्व अवसर सिर्जना गर्न सक्छ। हाम्रो शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सामाजिक न्याय तथा विज्ञान र प्रविधिका क्षेत्रमा सुधार ल्याउन सक्छ।
परिवर्तन सम्भव छ भनेर अगाडि सरेका महिलाको यस्तो व्यवहारबाट के सिक्ने? कक्षा १२ पढ्दै गरेका जानकी नेपालीजस्ता जल्दोबल्दो युवाले के सिक्ने? के आस गर्ने?
राजनीतिक सहमतिबाट भूमिहीनका समस्या समाधानका लागि सकारात्मक पहल गरिएन भने फेरि पनि भूमिहीनका समस्या समाधान ओझेलमा पर्ने निश्चित देखिन्छ।
‘द्वन्द्वका बेला गाउँबाट मानिससँगै लोकसंगीतको श्रुति परम्परासमेत विस्थापित भइगए। अर्को एउटा जेनेरेसनले त्यो सुन्न–सुनाउनै पाएन। यो ‘ग्याप’ अब कहिल्यै पूर्ति हुन्छ जस्तो मलाई लाग्दैन।’
किड्नी बेच्नेलाई ७५ हजारदेखि डेढ लाख भारु तिर्ने उनले प्रत्यारोपण गरेका बिरामीबाट चार देखि आठ लाख भारु असुल्थे। उनले काठमाडौँमै पनि किड्नी प्रत्यारोपण केन्द्र खोल्ने तयारी गरेको समाचार आएका थिए।
बहुविवाहको मस्यौदाले साँच्चिकै कानूनी रूप लेला भन्ने त्रासकै कारण सामाजिक सञ्जालमा भने बहस छेडिएको मात्रै छैन, अधिकारकर्मी सडकसम्म आउन थालिसके।
अमेरिकी राजनीतिमा इजरायललाई किन सधैँ प्राथमिकता दिइन्छ? अमेरिकी इसाई समाजमा यहुदीप्रति किन यति गहिरो मोह देखिन्छ? किन इरानप्रति अमेरिकी इसाई समाज सधैँ अनुदार हुन्छ?
पाका र अनुभवी डाक्टरको सबैभन्दा ठूलो शक्ति तिनको लामो अनुभव र खारिएको सीप हो। बिरामीको कुरा सुनेर र कतिपय अवस्थामा मनोदशा पढेर उनीहरू रोगको गहिराइ अनुमान लगाउन सक्छन्।
भस्मासुर जमात एनपीएल नै बिथोल्ने ध्याउन्नमा छ, यसका लागि यथाशीघ्र पारसको क्रिकेट सत्ता ढाल्न चाहन्छ। मन्त्री यिनै भस्मासुरहरूको चंगुलमा छन्, यथाशीघ्र छानबिनभन्दा पनि एनपीएल रोक्न लागिपरेका छन्।
‘विपिन जोशीको सरोकारमा जोडिएर आगामी साता विपिनकी आमा र बहिनी इजरायल आउँदै हुनुहुन्छ। उहाँहरूलाई यहाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गराउने पहल भइरहेको छ।’
जलवायु परिवर्तनको समाधान केवल प्रविधिमा छैन। यसको समाधान सामाजिक न्यायमा छ, जसबाट उत्सर्जन गर्ने र असर भोग्नेबीचको असमानता अन्त्य गर्न सकियोस्।
प्राकृतिक स्रोतको अनियन्त्रित दोहन रोक्न मुख्यतः कानून कार्यान्वयन गर्ने निकायले तदारुकता नदेखाउने हो भने २०८१ असोजको भन्दा डरलाग्दो विपत्ति भोग्न तयार भएर बसे हुन्छ।
उपभोक्तावादी संस्कृतिले समाज संकटमा छ। यस्तो बेला हामी उत्पादन प्रणालीमा जोडिइहाल्नुपर्ने होइन? अनावश्यक उत्सव मनाउने र उपभोग मात्रै गर्ने खालको यान्त्रिक मानव भएर बस्ने बेला हो यो?
सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय नितान्त आर्थिक अवस्थाको विश्लेषणको आधारमा हुने भएकोले यसमा नियामक निकायलाई स्वतन्त्रता प्रदान गर्नुपर्छ। हालको कानूनी व्यवस्था परिवर्तन गर्नुपर्छ।
‘हामीभन्दा हाम्रा नेतृत्ववर्ग बढी हास्यव्यंग्यले युक्त देखिन थालेका छन्। उनीहरूका क्रियाकलाप बढी हँसाउने हुन थालेका छन्।’
नागरिक समाज पनि कतिपय अवस्थामा राजनीतिक दलको भजन मण्डलीमा सीमित देखिन्छन्। जब यस्ता संस्था कमजोर हुन्छन्, तब लोकतन्त्रको खोलभित्र अधिनायकवादले जरा गाड्न थाल्छ।
बेलायतमा केही डाक्टर र नर्सको गल्तीका कारण नागरिकले शारीरिक, मानसिक र आर्थिक दुःख भोग्नुपरेको देखिन्छ। गलत निदान, शल्यक्रियामा त्रुटि, अमर्यादित व्यवहार, यौन दुर्व्यवहारजस्ता घटना हुने गरेका छन्।
सभामा ती नेताले अर्को तुलना गरेका थिए, ‘कांग्रेस भनेको हाँस हो। कम्युनिस्ट भनेको कुखुरो। हाँसले हल्लाखल्ला नगरी चुपचाप ठूलो अण्डा पार्छ। कुखुरा धेरै होहल्ला गर्छ, तर सानो अण्डा पार्छ।’
दलित समुदायका लाखौँ मानिस अझै भूमि अधिकारबाट वञ्चित छन्। संविधानले भूमि पुन:वितरणको प्रतिबद्धता गरेको भए पनि त्यसले दलित समुदायको जीवनमा ठोस रूपान्तरण गर्न सकेको छैन।
विद्याका मन्तव्य र वक्तव्यहरूको विश्लेषण गर्ने हो भने स्पष्ट हुन्छ कि उनी एमाले नै थिइन् र हुन्। उनलाई राष्ट्रपतिमा पनि एमालेले नै पठाएको हो। राष्ट्रपति हुँदा पनि उनले एमालेकै निर्देशन र पक्षमा काम गरिन्।