प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औँ पञ्चवर्षीय योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने गरी कार्यक्रम बनाइरहेको बताए।
मन्त्री शर्माले नेपालमा तीजको दर खाने प्रचलनमा पनि विकृति बढिरहेको टिप्पणी गरिन्।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन विदेशी निकायहरूको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको बताए।
शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले अटिजम भएकाहरूको विशेष किसिमको सीप र दक्षता प्रष्फुटन गर्न सरकारले उपयुक्त वातावरण सिर्जना गर्ने बताए।
युवालाई स्वदेशमा भविष्य देखाउनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री दाहालको भनाइ छ।
तीनकुने हत्या प्रकरणको अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ।
धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन नसक्दा भएको पाइएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतको भनाइ छ। शनिबारको तीनकुनेको घटना पनि रिसिइबीले भएको हुनसक्ने उनले बताए।
महासभामा प्रधानमन्त्री दाहालले विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति र समृद्धिका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे मन्तव्य दिनेछन्।
बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड रुपैयाँ बढीका स्वास्थ्य उपकरण भने अस्पतालका कोठामा थन्काइएको छ। जनशक्ति नहुँदा डेढ वर्षदेखि ती उपकरण प्रयोगमा आउन सकेका छैनन्।
ईयू विश्वको सबैभन्दा शक्तिशाली आर्थिक महादेशमध्ये एक भएकाले डराउनु नपर्ने फ्रान्सका अर्थमन्त्रीले जनाएका छन्।
पाँचखालका गोविन्द थपलियाले करिब १५० रोपनीमा सञ्चालन गरेको कृषि फर्ममा तरकारी र फलफूलका साथै मासु उत्पादन हुन्छ। यहाँ २०० जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन्।
ओपनर शुभमन गिलले १२१ रनको शतकीय इनिङ्स खेले पनि भारतलाई जिताउन सकेनन्। १३३ बल खेलेका उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए।
गैह्रीगाउँको दिव्य सः मिलमा सुरक्षा गार्ड रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।
पेट्रोल प्रतिलिटर १ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहेको छ। काठमाडौँ उपत्यकामा भने बिहानैदेखि घाम लागिरहेको छ।
उक्त क्षेत्रलाई अब धार्मिक पर्यटन र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने महानगरले जनाएको छ।
बहुमत सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र आफूविरुद्ध दर्ता गरेको बर्खास्तीको पत्र वैधानिक नभएकाे भन्दै महासचिव किरण राईले अखिल फुटबल संघ एन्फाको अनुशासन कमिटीमा पठाएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपाल बाल संगठनको हालसम्म हिनामिना भएको सम्पत्ति जसरी पनि सरकारले फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन्।