युवालाई स्वदेशमा भविष्य देखाउनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री दाहालको भनाइ छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिदेसिएका लाखौँ युवाहरूको भविष्यबारे नसोचे देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव नहुने बताएका छन्।
‘तेस्रो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२३’ लाई शनिबार सम्बोधन गर्दै उनले देशका युवाको भविष्यबारे सोच्न आवश्यक भएको बताए। युवाहरूको आत्मसम्मान, सुरक्षा कायम गर्न र देशभित्रै रोजगारी सिर्जना गर्न सरकार गम्भीरतापूर्वक लागेको दाबी गरे।
“विदेशमा रहेका लाखौँ युवाहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन। त्यसैले यसपटक के गरी उनीहरूको हितको रक्षा हुन सक्छ, के गरी उनीहरूको आत्मसम्मान र सुरक्षा कायम हुन सक्छ र कसरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यो दिशामा गम्भीरतापूर्वक लागिरहेको जानकारी गराउन चाहन्छु,” उनले भने।
उनले विदेशमा रहेका युवाहरूलाई सम्बोधन गर्ने उद्देश्यले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने घोषणा गरेको भन्दै त्यसमा अहिलेसम्म झन्डै ३ लाख युवाहरू आबद्ध भइसकेको जानकारी दिए।
उनले नेपाली युवालाई ‘भोलिका उत्तराधिकारी मात्रै होइन, वर्तमानका हिस्सेदार’ बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको दाबी गरे। युवालाई स्वदेशमा भविष्य देखाउनका लागि सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
