शुक्रबार बिहान लागेको आगो नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकाको दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको छ।
विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटअन्तर्गतको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको छ।
गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा छ हजार २६८ जना घाइते भएका छन्।
राति, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
इजरायलबाट नेपाल फर्कन चाहने ५०३ जनामध्ये पहिलो चरणमा २५४ जना शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्।
शान्तिप्रक्रिया टुंगोमा पुर्याउन माओवादी केन्द्र र सरकारजस्तो इमानदार प्रतिपक्षी दल नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ छ।
ईयूले सन् २०१३ देखि नेपालका वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ, जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकाशमा उडान गर्न पाउँदैनन्।
पर्यटनलाई उद्योगको रूपमा अगाडि बढाउन नसके देश आर्थिक रूपमा अघि बढ्न नसक्ने उद्योगमन्त्री रमेश रिजालको भनाइ छ।
विदेशमा रहेका नेपालीले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइनमार्फत फारम भरी जैविक विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्नेछन्।
कांग्रेस नेता शेखर कोइराला पक्षीय ८ सांसदले माओवादीका आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरी मुख्यमन्त्रीमा दाबी पेस गरेको र त्यसलाई मान्यता नदिन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिएका छन्।
लाओसविरुद्धको खेलमा एरिकले प्रहार गरेको कर्नर बललाई हेडिङमार्फत गोलमा परिणत गर्दै अञ्जनले हरि खड्का र नीराजन रायमाझीको सर्वाधिक १३ गोलको कीर्तिमान बराबर गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली लाओसले १ गोलको अग्रता बनाएको छ।
भारतीय प्रधानमन्त्री मोदीले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको भ्रमण गरेको विषयमा सांसदले सरकारमाथि प्रश्न उठाएका छन्।
ब्यानर काट्न आउनेले भाग्दा खसालेको मोबाइल फोन कसको रहेछ भनी राखिएको जिज्ञासामा राति घटनास्थल पुगेर फर्किएका इन्स्पेक्टर सिंहले भने- 'यसबारे अनुसन्धान चल्दैछ।'
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाहुना टोली लाओसले अग्रता लिएको छ।
कांग्रेस नेता शेखर कोइरालानिकट सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री दाबी गरेका छन्।
इजरायलमा उद्धारको प्रतिक्षामा रहेका नेपाली विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली बुधबार राति त्यहाँ प्रस्थान गरेको थियो।
माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्थतन्त्र चलायमान गराउन र निजीक्षेत्रको मनोबल बढाउन सरकारले कडा कदम चाल्न आवश्यक रहेको बताए।
बिहीबार पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि न्यायाधीशहरूले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन सकेन।
घरमा प्रयोग हुने इनामेल पेन्टमा सरकारले तोकेभन्दा २५४ गुणासम्म धेरै सिसा मिसाइएको पाइएको छ। सिसा शरीरमा पर्दा बालबालिकाको स्नायु प्रणालीका साथै वयस्कको मिर्गौला तथा प्रजनन् स्वास्थ्यमा असर पुग्छ।