ती व्यक्तिले विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको प्रहरीले जनाएको छ।
नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ।
दक्षिण अफ्रिकाले १६ बल बाँकी रहँदै ४७.२ ओभरमा पाकिस्तानलाई एक विकेटले पराजित गरेको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
माछापुच्छ्रे गाउँपालिकाले जारी गरेको सूचनाअनुसार पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने छ।
छायानाथ रारा नगरपालिका–६, स्थित मन्दुमा एकै परिवारका चार जना मृतावस्थामा फेला परेको घटना अनुसन्धान गर्न जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
शुक्रबारदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ।
गौरीफन्टा हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक पाँच सय दरका भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाटै फर्किने गरेको व्यवसायी बताउँछन्।
७० हेक्टर क्षेत्रफललाई पुग्ने अनुमानका साथ बीउ वितरण गरिएको भए पनि आशा गरेअनुसार उत्पादन नभएको कृषि शाखाका प्रमुख गौरव न्यौपानेले बताए।
फेसबुकका सहसंस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालका पोस्टहरूमा आफ्ना बालबालिकाको अनुहार लुकाउनुले प्रविधिको क्षितिजमा के भइरहेको छ भन्ने अनुमान संसारका हरेक अभिभावकले लगाउन सक्छन्।
परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका छन्।
परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्षमा आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहितका पदाधिकारीहरूको नामावली पेस गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ।
मुगुको छायानाथ रारा नगरपालिका–४ मा एकै परिवारका चार जनाको शव भेटिएको छ।
यूएनका महासचिव एन्टोनियो गुटेरेसले नेपाल बसाइँका क्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने भएका छन्।
दमौलीबाट काठमाडौँसम्मको भाडा ६५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारीसाधनले एक हजार रुपैयाँसम्म लिने गरेको प्रहरीले जनाएको छ।
नेपालविरुद्ध रोमाञ्चक जित हासिल गर्दै यूएईले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि उचालेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्त्वको हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगरे ठूलो विपत् आउन सक्ने चेतावनी दिए।
ट्रमा सेन्टरमा सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन जनशक्ति अभाव रहेको सेन्टरका निर्देशक डा. रिजाल बताउँछन्
दशैँअघि उपत्यकाबाट बाहिरिने बस र विमानमा भरिभराउ भएर गएकाहरू पर्वको पारिवारिक जमघट सकिएलगत्तै काठमाडौँ फर्किंदा यता आउने यातायातका साधनहरू उसरी नै खचाखच देखिन्छन्।