संक्रमणकालीन न्यायसम्बन्धी विधेयक मानवअधिकारमैत्री बनाउनुपर्ने, ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय खारेज गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरिएको समाजका अध्यक्ष बरालले बताए।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एक चौथाइ सरकारी बिदा कटौती गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
आयात बढ्दा व्यापार घाटा पनि गत वर्षको भन्दा २.१५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।
इजरायली डिफेन्स फोर्स र हिजबुल्लाह समूहबीच भएको रकेट हमलामा परेर घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रशिक्षक देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको तर्क गरे।
आफ्ना श्रीमान हत्या गरेको आरोपमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा सरकारले आम माफी दिएपछि भारती त्यसको विरोध गर्दै अनसन बस्दै आएकी छन्।
गत शुक्रबारको भन्दा एक हजार रुपैयाँले बढेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सडकमा गुडेका सवारीसाधनको गति लेजरयुक्त 'स्पिड गन' द्वारा टाढैबाट नाप्ने प्रविधिको प्रयोगमा तीव्रता ल्याएसँगै अत्यधिक गतिका सवारी साधन कारबाहीमा परिरहेका छन्।
पेरीले ९० को दशकको हिट अमेरिकी टिभी कार्यक्रम 'फ्रेन्ड्स' मा चन्डलर बिङ पात्रको भूमिका निभाएका थिए।
चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको हो। अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीको अनुमान छ।
'दशैँमा जुटाएको दामले घर खर्च भ्याएन। तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो'
इजरायलले अबको चरणमा हमासका मुख्य सैन्य केन्द्रमा आक्रमण गर्ने योजना बनाएको छ। नेतन्याहूले यो चरण लामो र कठिन हुने बताएका छन्।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुईओटा संशोधन विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
सुन्तला खेतीमा आवश्यक पर्ने मलका लागि तीनवटा जर्सी जातका गाई र एक साँढे पालिएको छ। गाईको दूध बेचेर एक जनाको तलब व्यवस्थापन गरिएको छ।
राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ।
सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।
जारी विश्वकपमा नेदरल्यान्ड्सको यो दोस्रो जित हो। जितसँगै नेदरल्यान्ड्स तालिकाको आठौं स्थानमा उक्लिएको छ।
देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अमेरिकी सैन्य एकेडेमी वेस्ट प्वाइन्टको मोर्डन वार इन्स्टिच्युटका जोन स्पेन्सरले ‘गाजाको सतहका वास्तविक शहरहरूमुनि एउटा अर्को शहर’ रहेको र इजरायली सेनाको आक्रमण अहिले यसैमा लक्षित गरिएको बताए।
अस्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै ३८३ रन मात्र बनाउन सक्यो।