AnonymousUser

Logout

सदन तीन नेताको मात्र होइन कुरा मिले चल्ने, नमिले नचल्ने: रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले प्रमुख तीन राजनीतिक दलहरूले संसद्मा सिन्डिकेट चलाउन खोजेको आरोप लगाएका छन्।

जलवायुजन्य विपत्तिबाट उत्पन्न संकट टार्न सौर्य ऊर्जालाई प्राथमिकता दिँदै सरकार

नदीमा आधारित जलविद्युत् आयोजनामा मात्र भरपर्दा बाढी–पहिरो र सुख्खाका कारण ऊर्जा संकट बढ्न सक्ने औँल्याउँदै सरकारले सौर्य ऊर्जा उत्पादनलाई प्राथमिकतामा राखेको जनाएको छ।

अर्थमन्त्री भन्छन्–  मौद्रिक नीति खुकुलो हुनेबित्तिकै अर्थतन्त्र सहजरूपमा अघि बढ्छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व बैंकले पनि ऋण प्रवाहमा चासो देखाइरहेको परिवेशमा मौद्रिक नीति खुकुलो हुनेबित्तिकै अर्थतन्त्र सहज रूपमा अगाडि बढ्ने दाबी गरे।

ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई विमानस्थलबाट पक्राउ गरिएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

कांग्रेस सांसद भन्छन्– प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेको राजीनामा माग दुवै गलत

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताएका छन्।

अनियमितता प्रकरणका फाइल थन्क्याएर राख्नु संसदीय समितिको अपमान हो : सांसद केसी

सांसद केसीले समिति सचिवालयलाई आगामी बैठक बस्नुअघि चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको विस्तृत विवरण लेखा समितिका सदस्यहरूलाई दिन निर्देशन दिए।

आरजुको नाम लिइएको अडियोको स्वर नक्कली शरणार्थी प्रकरणमा जोडिएका सन्देश शर्मासँग मिल्यो

नेपाली कांग्रेस सांसद आरजु राणा देउवालाई रकम बुझाएको भन्ने अडियोको स्वर दाङका सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ।

तिल्चेको बस्ती अझै बाढीको जोखिममा

दुई वर्ष पूरा भइसक्दा पनि यहाँको बस्ती अझै जोखिममा नै रहेको छ। अझ वर्षायाम शुरूआत भएपछि पानी पर्दा  यहाँको बस्ती अझै जोखिममा पुग्ने स्थानीयको गुनासो छ।

नेप्सेमा दोहोरो अंकको वृद्धि, तीन अर्बको कारोबार

कुल ८३ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार मूल्यमा खरिदबिक्री भएका छन्।

सरकार संसदीय समिति र संसद् चलाउन जिम्मेवार देखिएन: योगेश भट्टराई

एमालेका सांसद योगेश भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ।

साहुकारलाई कारबाही गर्ने कानूनको माग गर्दै मिटरब्याज पीडितहरू पुनः आन्दोलित

आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरूले सरकारले दिएको ‘ललिपप’ले मान्ने अवस्था नरहेको बताएका छन्।

संसद्को अवरोध हटाउन एमाले तयार, प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने

सिंहदरबारमा भएकाे प्रमुख तीन दलका शीर्ष नेताकाे छलफलपछि संघीय संसद्को अवरोध खुलाउन एमाले सहमत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

बूढीगण्डकी अगाडि बढाउन प्राधिकरणको पहल

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।

ताक्लाकोटका पसलमा ताला लगाएर आएका दार्चुलाबासी, फर्केर तिब्बती बजार जान चार वर्षदेखि काठमाडौँलाई गुहार्दैछन्

दार्चुलाका ५० भन्दा बढी परिवारले ताक्लाकोट बजारमा पसल बन्द गरेर छाडेको चार वर्ष लागिसक्यो। त्यहाँ लाखौँको सरसामान थुनिएसँगै पुस्तौँदेखिको व्यापारिक विरासत टुटेकोमा उनीहरूलाई छटपटी भइरहेको छ।

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर अवरोध गरेर मात्रै समाधान नहुने भन्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्दासमेत एमाले सांसद नबसेपछि बैठक स्थिगत गरेका छन्।

प्रधानमन्त्री र सभामुख टेलिफोन सम्वाद: ३ बजेसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक  

आइतबार दिउँसो १ बजे बस्ने तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा सभामुख देवराज घिमिरेले ३ बजेका लागि सारेका हुन्।

संसद्को अवरोध हटाउन सत्तापक्ष र प्रतिपक्षी शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ।

कोशी प्रदेश सरकारविरुद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा

कांग्रेसका उद्धव थापालाई संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरिएको दाबीसहित एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। 

तटबन्धको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ का नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको खाल्डोमा डुबेर मृत्यु भएको छ।