अमेरिकी मुद्रामाथिको निर्भरता घटाउन बंगलादेशले भारतसँग भारूमा कारोबार गर्ने तयारी गरेको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।
प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्।
जेठ महिनामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीले १ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएको राष्ट्र बैंकले जनाएको छ।
सदनको गतिरोध हटाउन सिंहदरबारमा प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।
नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको जनाएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत मात्र ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ।
नेपालले साढे २ महिनापछि हुने १९औँ एशियाडमा २९ खेलमा भाग लिँदैछ। तर भलिबल, बक्सिङ, रग्बी र एथ्लेटिक्सबाहेक अन्य २५ खेलको बन्द प्रशिक्षण शुरू नहुँदा प्रशिक्षक र खेलाडी निराश छन्।
सडकको दायाँबायाँ २३ मिटर मापदण्डभित्र पर्ने अस्थायी संरचना भत्काइने पोखरा महानगरले जनाएको छ। पोखरा-मुग्लिन सडकखण्ड एशियाली विकास बैंकको सहयोगमा चार लेनको बन्दैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै आएको छ। प्रतिनिधिसभाको बैठक भने सोमबार नै बस्दैछ।
भोजपुरको टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएपछि शवलाई अखुवा खोलाको बगरमा पुरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा ६ जना पक्राउ परेका छन्।
इमर्जिङ टिम्स एशिया कप खेल्ने राष्ट्रिय टोलीबाट बाहिरिने आरिफ शेख पाँचौँ सिनियर खेलाडी हुन्। उनको स्थानमा राखिएका पवन सर्राफले विगतमा राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्न सकेका छैनन्।
रसुवाको उत्तरतर्फ पर्ने हिमाली क्षेत्रमा डेंगीका एक बिरामी फेला परेका छन्। अहिले जिल्ला अस्पताल धुन्चेमा उनको उपचार भइरहेको छ।
सोमबार दिउँसो र राति देशका अधिकांश भागमा वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौँ पाउन्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ।
दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल चाल्न माग गर्दै ‘संयुक्त राजनीतिक दलित संघर्ष समिति’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाइएको छ।
काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको आकाश फुड्सलाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ।
प्रदेशलाई हेर्ने दल, नेता र समग्रमा काठमाडौँको सत्ताको दृष्टि हिजोदेखि नै तिनलाई खुट्टा टेक्न दिने खालको रहेन। अहिले त्यो संघीयताको अभ्यासलाई नै विकृत बनाउने तहमा देखा परेको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अध्यादेश आउनुभन्दा अगाडि आयोग बनाए काम गरिरहेकाले समस्या समाधान हुनेमा ढुक्क हुन मिटरब्जाज पीडितहरूलाई आश्वासन दिएका छन्।