रुबियाल्सले भने प्रतिबन्धको विरुद्धमा पुनरावेदन गर्ने बताएका छन्।
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा विशेष टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ।
पक्राउ पर्नेमा एकजना महिला रहेको र उनी बाल एकता स्कुलकै पूर्व शिक्षिका रहेको खुलेको छ।
मंगलबार बिहान नेपाली सेनाको होलिकोप्टरमार्फत त्यहाँ पुगेका गुटेरेसले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद गरेका छन्।
बंगलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्ताहरूमध्ये एक हो, जहाँ कपडा उद्योगले देशको वार्षिक ५५ अर्ब डलर बराबर निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ।
मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ।
नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ।
श्रीलंकाले दिएको २४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाउँदै जित हात पारेको हो।
मेसीले म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जितेका हुन्। फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।
महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ।
आयुर्वेदिक औषधि भन्दै विक्री गरिने झोल औषधिमा पनि बढी मात्रामा सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।
महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताए।
आरती साहको माइतीपक्षले उनको हत्या भएको र हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै १३६ दिनदेखि माइतीघरमा धर्ना दिँदै आएका छन्।
टी२० विश्वकपको एशिया छनोटअन्तर्गत सोमबार सिंगापुरविरुद्ध अन्तिम-११ घोषणा भइसकेपछि भरपर्दा खेलाडी दीपेन्द्रसिंह ऐरी घाइते भए। गोलीगाँठोमा चोट बोकेका उनले पूरै प्रतियोगिता गुमाउने सम्भावना छ।
जसपाले मधेश प्रदेशसभामा रिक्त समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै छन्।
कोशी प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा एमाले प्रमुख सचेतक भण्डारीले सत्तारूढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराए आफ्नो पार्टी सरकारमा नबस्ने अडान राखेको छन्।
विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक–२०८० को प्रतिवेदन समितिको आगामी बैठकमा पेस गर्न सचिवालयलाई निर्देशन दिएको छ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले खुम्बुबाट जलवायु परिवर्तनले हिमालयक्षेत्रको पर्यावरण र जनजीवनमा देखिन थालेका असर तथा त्यसको रोकथामका लागि विश्वसमुदायको ध्यानाकर्षण गराएका छन्।