कोशी प्रदेशमा आफ्नै दल (कांग्रेस) भित्र ‘विद्रोह’ गरेर मुख्यमन्त्री बनेका केदार कार्कीले विश्वासको मत पाएसँगै बागमती प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार बनाउन कसरत अघि बढेको छ।
मन्त्री महतोले जीवनजन्तुको संख्या बढाउँदै गर्दा कृषकका लागि बाँदर, हात्ती, बँदेललगायतका जीवजन्तुबाट सिर्जित समस्या व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
धरानका राजनीतिक दलहरूले आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापनलाई समस्या समाधान गरी स्वास्थ्य सेवा नियमित गर्न आग्रह गरेका छन्।
ओसियानाद्वारा बिहीबार प्रकाशित डुंगाहरूको अनुगमन तथ्यांकमा आधारित नयाँ विश्लेषणअनुसार यो प्रजातिलाई लोप हुनबाट जोगाउन कडा सुरक्षा र अधिक प्रवर्तनको लागि आह्वान गरिएको छ।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन्।
गाउँमा अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले बेच्ने दुई किलो चिनी किन्न उपत्यका आसपासका जिल्लाबाट समेत सर्वसाधारण काठमाडौँ आउन थालेपछि सुपथ मूल्य पसलहरूमा भीड लागेको छ।
स्थलमार्ग सुरक्षित नहुँदा दुर्गम पहाडी जिल्लाका यात्रु हवाई मार्गबाट यात्रा गर्छन्। तर, हवाई नियमित नहुनु, सहजै टिकट नपाउनुलगायत कारणले यात्रुले समस्या भोग्दै आएका छन्।
राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसमक्ष प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेका हुन्।
बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ।
बालीमा डेनपसारलगायत १० वटा क्षेत्रका ११३ गाउँमा शुद्ध खानेपानीको अभाव भएको र जंगलमा आगलागी भएकाले स्थिति प्रतिकूल रहेको बताइएको छ।
जमिन भासिएको स्थानको प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्न मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म घर भाडा दिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको छ।
अरनिको राजमार्गमा सवारी जाँचका क्रममा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बिहीबार राति घोषणा गरिएको मतपरिणाम अनुसार केसी एक हजार ३७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। अध्यक्षका प्रत्याशीहरू महेशकुमार श्रेष्ठले एक हजार २२५ र आरके शर्माले एक हजार २८१ मत प्राप्त गरे।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
भारतले जुलाईमा घरेलु आपूर्ति बढाउन गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो।
द्वन्द्वपीडितिहरूले आफ्ना माग तथा समस्या सुनुवाइका लागि पटक–पटक सरकारी कार्यालयहरूमा धाउँदा उल्टै अपमानित हुनुपरेको गुनासो गरेका छन्।
संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले कोभिड–१९ महामारीका बेला सुस्ताएको मुस्ताङको पर्यटन बिस्तारै लयमा फर्किरहेको बताए।
भुक्तानी दशैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
नेपालले शान्तिमा विश्वास गर्ने भन्दै इजरायल र हमासबीचको जारी विवादलाई शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गरेको छ।
देवीदेवताको श्रापका कारण दिसापिसाब चुहिएको सामाजिक मान्यताले फिस्टुलाका बिरामी अपहेलित र तिरस्कृत हुन्थे। कतिपय बिरामीले मानसिक सन्तुलन नै गुमाउँथे। अहिले एउटा अस्पतालका कारण कर्णालीको कथा फेरिएको छ।