ओमानविरुद्धको खेलमा सोयब खानलाई बोल्ड गर्दै उनले ५० विकेट पूरा गरेका हुन्।
युक्रेनका आन्तरिक मन्त्रीले यस वर्षकै धेरै रुसी गोलाबारी भएको बताएका छन्।
काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरिएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जित्दै कप्तान रोहितकुमार पौडेलले ओमानलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।
ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो।
सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए।
आईसीसी टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह ‘ए’ को विजेता बन्न बिहीबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।
न्युजिल्यान्डलाई १९० रनले पराजित गर्दै दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
बिहीबार दिउँसो देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
संयुक्त राष्ट्रसंघले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको आक्रमणको निन्दा गरेको छ।
सरकारले २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य पुर्याउने उद्देश्यले पाँच, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो।
अनपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो। बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय बताउँछन्।
कांग्रेस नेता डा. शेखर कोइराला व्यावहारिक राजनीतिका नाममा पार्टीले आफ्नो सिद्धान्त छाड्न नहुने बताउँछन्।
मन्त्रालयले राष्ट्रिय निकुञ्जसहित संरक्षित इलाकामा निजी क्षेत्रलाई व्यावसायिक क्रियाकलाप सञ्चालन र केबलकार, हाइड्रोपावर लगायतका पूर्वाधार बनाएर आयआर्जन गर्न सजिलो हुने कार्यविधि ल्याउन लागेको छ।
डेंगी संक्रमण बढेसँगै तनहुँका निजी क्लिनिक र अस्पतालमा दैनिक भिडभाड बढेको छ भने कतिपय बिरामी पोखरा र चितवनसम्म धाउन थालेका छन्।
शान्तिप्रक्रिया टुंगो लगाउँदा सर्वोच्च अदालत र विश्व मानवअधिकार परिषद्को सुझावलाई पनि ध्यान दिनुपर्ने एमाले अध्यक्ष ओलीको भनाइ छ।
स्वर्णकारलाई हत्या गर्ने योजना विद्यालयकै पूर्वकर्मचारी राधाले बनाएको र त्यसमा उनका प्रेमी भारतीय नागरिक मनोजले भूमिका खेलेको प्रहरीको भनाइ छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म आयात भएका कुल ३ हजार ७८८ गाडीमा विद्युतीय सवारीको हिस्सा ५६.३६ प्रतिशत रहेको छ।
सांसदले अन्य कृषिजन्य वस्तुको आयात–निर्यात गर्न सरकारले विशेष निर्णय गर्न नपर्ने तर सुपारीमा छुटै विशेष निर्णय किन गर्नुपर्ने भन्दै कारण माग गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर रिहा भएका रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार आदेश सुनाउने भएको छ।