शीर्ष नेताहरूले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई प्रभावकारी ढंगबाट राहत र उद्धारका काम अगाडि बढाउन सरकारलाई सुझाव दिएका छन्।
महासमिति बैठक पुस १६–१९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।
श्रीलंकाका ब्याट्सम्यान म्याथ्युज टाइम आउट नियममा आउट हुने पहिलो खेलाडी बने। अन्तर्राष्ट्रिय क्रिकेटको १४६ वर्षे इतिहासमा टाइम आउटका कारण खेलाडी आउट भएको यो पहिलो घटना हो।
चिउरीगाउँमा अधिकांश घर ढुंगामाटोले बनेका छन्। पटकपटक गइरहेको परकम्पले ठाडै रहेका घर पनि भत्काइरहेको छ। सोमबारको परकम्पले गाउँका थप चार घर मात्र भत्काएन, बाँचेकालाई पनि त्रसित बनायो।
सत्तारुढ दल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले रिगल प्रकरणको नैतिक जिम्मेवारी लिई आत्मालोचना र माफीसमेत नमागेको भन्दै दुःख व्यक्त गरेका छन्।
राखेपले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न ठेक्का लगाएको छ। फ्लड लाइट जडानपश्चात् मैदानमा राति पनि खेल आयोजना गर्न सहज हुने छ।
चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कानूनबमोजिम कारबाही नगरेसम्म आन्दोलन जारी रहने चिकित्सक डा. दीक्षान्त आचार्यले चेतावनी दिए।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले एक लाखभन्दा कम बचत गरेकाहरूको मागदाबी अनुसारको रकम साउनभित्र दिने जनाएको थियो। तर त्यसको साढे दुई महिनापछि साना बचतकर्ताले रकम फिर्ता पाएका हुन्।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरालाई केन्द्रबिन्दु बनाएर मध्यान्ह १२:५८ मा ४ म्याग्निच्युडको धक्का गएको हो।
युद्धविरामका लागि कतार, अमेरिका लगायत देश मध्यस्थता निभाउन लागिरहेका छन्। तर, हमासविरुद्ध बदलाभावमा उत्रिएको इजरायल भने युद्धविराम गर्ने लयमा देखिँदैन।
भूकम्पबाट ४७ वटा कक्षाकोठा, नौ वटा शौचालय, चारवटा घेराबार पूर्ण क्षति भएको नगरपालिकाले जनाएको छ।
भेरी नगरपालिका–३ की भूकम्पपीडित ६३ वर्षीया शितली कामीले राष्ट्रपति पौडेलसँग गाँस, बास र कपासको प्रबन्ध गरिदिन आग्रह गरिन्।
फिफा वरियतामा १५६औँ स्थानमा रहेको यमनसँग १७३औँ स्थानमा रहेको नेपालले मंसिर ५ गते खेल्ने तय छ।
आरतीको मुद्दा कमजोर बनाउन प्रहरीले भूमिका खेलेको भन्दै उनका परिवार असार एक गतेदेखि माइतीघरमा धर्ना बसिरहेका छन्।
प्रधानमन्त्री दाहालले खोज र उद्धारको पहिलो चरणको काम सम्पन्न भएको तथा अब राहत र पुनः निर्माणको दोस्रो चरणको काम द्रुतगतिमा हुने बताएका छन्।
भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागिराम जाजरकोट पुगेका थिए।
ताप्लेजुङमा चार हजार ४५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ। हालको बजार मूल्य प्रतिमन (४० किलो) ५५ हजार रुपैयाँ छ।
सोमबार अपराह्न जाजरकोटकै रामीडाँडा केन्द्रबिन्दु भई गएको ५.८ म्याग्निच्युडको परकम्पबाट रुकुम पश्चिममा ११ र जाजरकोटमा दुई जना घाइते भएका छन्।
दक्षिण सुडानको उत्तरी भागमा पर्ने काउन्टीले सन् २०२४ अप्रिलसम्ममा भोकमरीको भयावह अवस्थाको सामना गर्नुपर्ने अनुमान गरिएको छ।
दुर्घटनामा ढोरपाटन–२ पाखुटेका होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका अस्विन परियारको मृत्यु भएको छ।