AnonymousUser

Logout

धान रोपाइँ पोहोरको भन्दा २० प्रतिशत कम

सातै प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ।

व्यवसायी नै भन्छन्– कालोबजारीको सुन प्रयोग गर्नु बाध्यता हो

सुनचाँदी व्यवसायीहरूका अनुसार अहिले अधिकांश व्यापारीहरू कालोबजारीकै सुन किनेर व्यवसाय चलाउन बाध्य छन्। पछिल्लो ११ महिना सुनको वैधानिक आयात एक तिहाईले घटेको भन्सार विभागको तथ्यांकले यसको पुष्टि गर्छ। 

मीनबहादुर गुरुङलगायतको रिट खारेज, ‘स्टे अर्डर’ लिएकालाई पनि पक्राउ गर्ने बाटो खुल्यो

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा थुनामा रहेका मीनबहादुर गुरुङलगायतको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ। सर्वोच्चले यही प्रकरणमा जोडिएका १७ जनाको ‘स्टे अडर’ पनि खारेज गर्ने निर्णय गरेको छ।

ललितानिवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ​ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।

सुन बरामद प्रकरण : जाँचपासमा संलग्न भन्सारका अर्का एक कर्मचारी निलम्बित

कार्गो विल्डिङमा भन्सार जाँचपासका क्रममा एक्सरे मेसिन चलाएका सरोज श्रेष्ठलाई निलम्बन गरिएको विभागले जनाएको छ। 

धितोपत्र बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर सञ्चालन अनुमति दिएको छ।

मानहानि मुद्दामा राहुल गान्धीलाई राहत

भारतीय कांग्रेसका नेता राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ दिन सूचना जारी गरेको छ।

नेपाल ‘ग्रे लिस्ट’मा पर्नबाट एक वर्ष जोगियो भन्ने कुरा गलत हो: मन्त्री गुरुङ

संसदीय समितिको बैठकमा कानूनमन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरणका सन्दर्भमा नेपाल ‘ग्रे लिस्ट’मा पर्नबाट एक वर्षका लागि जोगिएको भन्ने कुरा गलत भएको बताए।

टीआरसी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

समितिका ज्येष्ठ सदस्य सभापति मंगलप्रसाद गुप्ताले उपसमितिको म्याद १५ दिन थप गरेको बताए।

कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

संसदीय समितिको बैठकमा कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले तत्काल राजीनामा दिई सुन तस्करी प्रकरणसम्बन्धी अनुसन्धानलाई सहज बनाउनुपर्ने बताएका छन्।

झोलुंगे पुल बनेपछि १ घण्टाको यात्रा १० मिनेटमै

बागलुङको गलकोट नगरपालिका–१ काफालठुटादेखि गौदी गाउँ जोड्ने मान्द्रेखोलामाथि २२७.२ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ।

सीमावर्ती क्षेत्रमा सुन तस्करी बढेपछि सस्तिएको भारु

अवैधरूपमा भित्रिएको ठूलो परिमाणको सुन मंगलबार बरामद भएसँगै चीन र भारतका नागरिक पनि पक्राउ परेका छन्। यो घटना सीमावर्ती क्षेत्रमा नेरुको माग बढ्नुको कारणसँग जोडिने वीरगन्ज र रक्सोलका व्यापारी बताउँछन्।

सुनकाण्डको अनुसन्धान जरैसम्म पुग्छ: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन्। 

सुन तस्करी प्रकरणमा बिनाप्रमाण कृष्णबहादुर महराको नाम जोडियो: सञ्चारमन्त्री

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन्। 

सुन बाहिरिएको घटना बुझ्न भन्सार कार्यालय पुगे गृहमन्त्री 

विमानस्थल भन्सार कार्यालयबाट बुधबार १०० किलो सुन भित्रिएको थियो। भन्सार जाँचपास भइसकेपछि उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

निगुरो टिप्न गएका वृद्धको गैँडाको आक्रमणबाट मृत्यु

बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका ७६ वर्षीय नवराज अधिकारीको गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

नेपाली क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने 

अहिले श्रीलंका नै रहेको नेपाली टिम उक्त क्याम्प सकिएपछि मात्र नेपाल फर्कनेछ। एशिया कप क्रिकेट आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ।

लम्पी स्किन: सुदूरपश्चिममा २६ हजार पशु चौपायाको मृत्यु, ६ लाख संक्रमित

तीन वर्षदेखि छिटपुट रूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार ५०० पशुचौपाया संक्रमित भएका छन्।

चोरीका घटनामा संलग्न अधिकांश युवा र लागुऔषध सेवनकर्ता 

'युवाको मानसिकता किन आपराधिक बन्दैछ' भन्नेबारे अनुसन्धान आवश्यक भएको धनुषाका एसपी विश्वराज खड्काको भनाइ छ।

सन् २०३० सम्ममा जीडीपी दोब्बर बनाउने यूएईको योजना

दशकको अन्त्यसम्ममा जीडीपी दोब्बरले वृद्धि गरी ८०० अर्ब अमेरिकी डलर पुर्‍याउने योजना रहेको यूएईका अर्थमन्त्रीले जनाएका छन्।