कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।
काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। साथै, तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ।
यसैगरी, राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना पनि छ।
यस्तै, चिसोबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
