गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ।
काठमाडौँ– गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति बनाइएको हो। गृह मन्त्रालयमा शनिबार बसेको बैठकले एक जनाको ज्यान जाने गरी भएको बरहथवा घटनाबारे छानबिन गर्न समिति बनाउने निर्णय गरेको हो।
समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका छन्। छानबिन समितिलाई एक सातामा घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ।
शुक्रबार बरहथवा नगरपालिका–५ मा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने/नगर्ने भन्ने विषयलाई लिएर भएको विरोध प्रदर्शनका क्रममा बरहथवा नगरपालिका– ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो।
मृतकका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएको गृह मन्त्रालयले जनाएको छ।
त्यस्तै, शनिबार नै जिल्ला सुरक्षा समिति, सर्लाहीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले अपिल जारी गर्दै उक्त घटनाप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको र घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
