लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली २०८०’ पारित गरेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिएका छन्।
सञ्चारमन्त्री शर्माले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको पनि बताइन्।
प्रहरी प्रभाग बलम्बुमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’बाट गोली चल्दा दुई जना घाइते भएका छन्।
ललितानिवास जग्गा प्रकरणमा विशेष अदालतबाट फैसला आइसकेपछि जिल्ला अदालतमा विचाराधीन त्यही विषयको अर्को मुद्दा अघि बढ्ला या नबढ्ला? जिल्लाको मुद्दामा विशेषको फैसलाका के–के प्रभाव पर्लान्?
अख्तियारले डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्रकुमार ठाकुर २ विदेशी परामर्शदाता र विदेशी निर्माण व्यवसायीसहित १८ जनालाई विपक्षी बनाएर फरक-फरक बिगो माग गर्दै आरोपपत्र दायर गरिएको जनाएको छ।
सांसदले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने, उनले त्यसो नगरे प्रधानमन्त्रीले हटाउनुपर्ने बताएका छन्।
अन्तर्देशीय नदी क्षेत्र व्यवस्थापनविज्ञ राजन सुवेदी नदीको संरक्षण र व्यवस्थापन टाढाको सरकारभन्दा प्रत्यक्ष प्रभावित समुदायले प्रभावकारी रूपमा काम गर्नसक्ने भएकाले उनीहरूलाई जिम्मा दिनुपर्ने बताउँछन्।
नभनीत धालिवाल र निखिल दत्तको अर्धशतकप्रेरित क्यानडा ११ ले एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ।
अध्यादेशमार्फत ऐन संशोधन गर्दै बजेट क्यालेन्डरसम्बन्धी नयाँ व्यवस्था ल्याइएको थियो। जसअनुसार सरकारलाई बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेस गर्न बाटो खुलेको थियो।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। यो कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
सांसदले विधेयकमा डिजिटल भुक्तानीको विषय समेटिनुपर्नेमा जोड दिएका छन्।
एमालेले एउटै पारिवारिक स्वामित्वमा वित्तीय संस्था र व्यापार–उद्योग हुँदा आगामी दिनमा मुलुकको अर्थतन्त्रको भविष्य जोखिमपूर्ण हुने अवस्था देखिएको बताएको छ।
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।
उनले थारू समुदायलाई छुट्टै आरक्षणको व्यवस्थासहितको राष्ट्रिय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरिसकिएको पनि बताए।
प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताएका हुन्।
उनले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गर्ने पनि बताए।
बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।
प्रतिनिधिसभामा बोल्दै सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई सफाइ दिन नहुने बताएका छन्।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले संयोजकमा चन्दलाई तोकेको हो।