AnonymousUser

Logout

संरक्षणको पर्खाइमा चौबिसेका ताल

धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनामा आउन नसक्दा प्रवर्द्धन हुनसकेको छैन।

जेलमै निधन भएका पुटिनका आलोचक नाभाल्नीको शव अझै पाएन परिवारले 

रुसी सरकारले नै नाभाल्नीको हत्या गरेको र प्रमाण नष्ट गर्नका लागि शव हस्तान्तरण नगरेको उनका समर्थकहरूको आरोप छ।

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

विसं २०६७ मा स्थानीयवासीले चन्दा संकलन गरेर मार्ग खुलाएको १३ वर्षपछि स्तरोन्नति हुन थालेको हो।

खोले साग बिक्रीबाट लाखाैँ आम्दानी

एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने तथा लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन्।

तनहुँमा जीप दुर्घटना:  १ जनाको  मृत्यु, ७ घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति दुर्घटना भएको हो।

शुक्लागण्डकी महोत्सवमा खादाको सट्टा पातको माला

यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक स्थानीयरूपमै शमीको पातबाट बनाइएका माला प्रयोग गरिएका छन्।

भारतद्वारा मौसम उपग्रह प्रक्षेपण, सटीक पूर्वानुमान गर्न मद्दत पुग्ने

इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन तथा मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि डिजाइन गरिएको हो।

प्रिमियर लिगमा लिभरपुल र आर्सनलको फराकिलो जित

शनिबार ब्रेन्टफोर्डको घरेलु मैदानमा लिभरपुलले ४–१ को सहज जित निकालेको हो।

यस्तो छ आइतबारको माैसम पूर्वानुमान

आइतबार दिनभर कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ।

पोर्चुगलमा नेपालीलाई राहदानी बनाउन सकस

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको छैन। दूतावास आउन ढिलाइ हुँदा नेपालीलाई नयाँ राहदानी तथा नवीकरण गर्न समस्या छ।

बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री महतले लघुवित्त र सहकारीका माध्यमबाट गरिबीलाई शून्यमा झार्न, लघुउद्यम र स्वरोजगार बनाउन तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको बताए।

खुलामञ्च : सधैँ निशानामा, सधैँ विवादमा

लिच्छवि कालको इतिहाससँग जोडिने विशाल टुँडिखेल अतिक्रमणका कारण खुम्चिँदै खण्डखण्डमा बाँडिएको छ। पछिल्लो समय टुँडिखेलको एउटा खण्ड खुलामञ्च सर्वसाधारणका लागि बन्द गर्न लागिएको भन्दै विरोध भइरहेको छ।

सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि रौतहटको ईशनाथमा कर्फ्यु

सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि रौतहट प्रशासनले  ईशनाथ नगरपालिकामा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

सगरमाथा क्षेत्र भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु

सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ।

बागमतीका कानूनमन्त्री भन्छन्– देशको शान्ति र समृद्धिका लागि पहिचानसहितको संघीयता आवश्यक​​​​​​​

प्रदेशको सीमांकन र नामांकनमा विश्वव्यापी संघीयताको सिद्धान्तलाई अंगीकार नगरिएको बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको भनाइ छ।

विद्यार्थी घटेपछि सामुदायिक विद्यालयलाई आवासीय बनाइँदै

आगामी शैक्षिकसत्रबाट फलेवासको ध्रुव नमूना माविमा बालकक्षादेखि कक्षा १० सम्म नै भर्ना हुने नयाँ तथा पुराना विद्यार्थीलाई आवासीय सुविधा दिइने भएको छ।

रुसी विपक्षी नेता नभाल्नीको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग

संयुक्त राष्ट्रसंघ र विश्वका प्रमुख नेताहरूले पुटिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा भएको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

‘जलवायु न्यायका लागि विश्वव्यापी वित्तीय व्यवस्थापनको पुन:संरचना आवश्यक’

देशहरूको आर्थिक अवस्था, विकास र कार्बन उत्सर्जनमा गरेको योगदानलाई संश्लेषण गरी वित्तीय व्यवस्थामा विकसित, विकासोन्मुख र अल्पविकसित देशहरूको भूमिकाबारे स्पष्ट पार्नुपर्नेमा विज्ञहरूले जोड दिए।

‘सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी बजेट व्यवस्था गर्न सकेन’

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपालमा सन्तुलित बजेट नहुनुका साथै काम गर्ने तौरतरिका पनि नभएको बताए।

प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौती : राष्ट्रपति

राष्ट्रपति पौडेलले मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्षरूपमा जोडिएको बताए।