AnonymousUser

Logout

घरेलु हिंसाका घटना बढ्दो: ६ महिनामा ८ हजार उजुरी

घरेलु हिंसाबाट आठ हजार २१४ जना पीडित भएका छन्। त्यसमध्ये सात हजार ४०१ महिला र ८१३ जना पुरुष छन्। 

हङकङमा हुने टी२० शृंखलाका लागि नेपाली टिम घोषणा, नयाँ खेलाडीलाई मौका 

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच मार्च ९ देखि १३ सम्म त्रिकोणात्मक टी२० आई सिरिज हुनेछ। नेपालले सिरिजको पहिलो खेल मार्च १० मा हङकङसँग खेल्नेछ। 

टिम्स कार्ड: जारी भयो, कार्यान्वयनमा समस्या

टिम्स कार्ड कार्यान्वयनमा आए पनि थुप्रै पर्यटक गाइडबिना पदयात्रामा निस्किँदा हराउने तथा ज्यान गुमाउने गरेको पाइएको छ। 

गाजामा ६ हप्ताका लागि युद्धविराम गर्न इजरायल सहमत

गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलालाई पनि रिहा गर्नुपर्ने छ। यस विषयमा हमासले भने कुनै प्रतिक्रिया दिएको छैन। 

३ दशकपछि तरेगणामा हाटबजार सञ्चालन: किसानलाई राहत

तीन दशकभन्दा लामो समयपछि पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाएका छन्। किसान आर्थिक रूपले सबल र आत्मनिर्भर मात्रै होइन मेहनती र उद्यमशील पनि बनेका छन्।

इंग्लिस प्रिमियर लिग: क्रिस्टल प्यालेसमाथि टोटेनहामको जित, चेल्सी रोकियो

शनिबार राति टोटेनहामले क्रिस्टललाई ३–१ ले पराजित गरेको हो। यस जितसँगै टोटेनहाम ५० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।

काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा जारी

दिउँसो, देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

सरकार र दुग्ध सहकारी संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी उद्योगीहरूले चैत २१ गतेसम्म गरिसक्नेसहित पाँचबुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए।

चितवन घटना अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्नू : प्रहरी

प्रहरीले चितनवमा छात्रा मृत भेटिएको घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको अवस्थामा त्यसलाई प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ।

मच्छिन्द्रले जित्यो केपी ओली कपको उपाधि

दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ।

चितवनमा छात्रा मृत भेटिएको घटनाको गहन अनुसन्धान गर्न माग

राजनीतिक दलहरूले चितवनमा एक छात्रा मृत भेटिएको घटनाबारे गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन्।

साफ यू१६ च्याम्पियनसिपमा नेपाल बांग्लादेशसँग पराजित

नेपालले घरेलु मैदानमा जारी साफ यू१६ महिला च्याम्पियनसिप प्रतियोगिताको पराजयबाट शुरूआत गरेको छ।

‘खानेकुरा खानुअघि ‘लेबल’ हेर्न अत्यावश्यक’

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामी कुनै पनि खाद्य पदार्थ खानयोग्य छ/छैन भनेर उपभोक्ताले खानुअघि ‘लेबल’ हेर्नुपर्ने बताउँछन्।

इजरायली कारबाहीमा ९ हजार प्यालेस्टिनी महिलाको मृत्यु : राष्ट्रसंघ

यूएन वुमनका अनुसार गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ।

न्यून गुणस्तरका ३ औषधि बिक्रीवितरणमा रोक

औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाइएका औषधि बजारमा रहेका भए तुरुन्तै फिर्ता लैजान पनि कम्पनीलाई निर्देशन दिइएको छ।

नेपालसँग नेदरल्यान्ड्स ६ विकेटले पराजित

त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत शनिबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।

उदयपुरको कटारीमा जिप दुर्घटना: २ जनाको मृत्यु

दुर्घटनामा १३ जना घाइते भएका छन्। त्यसमध्ये आठ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्‍याउने बाइडेनको घोषणा

बाइडेनले इजरायललाई नागरिक हताहत कम गर्न र सहायताको अनुमति दिन दबाब दिएका छन्। मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा ६ हप्ताका लागि युद्धविराम गर्ने सहमति हुने उनले आशा व्यक्त गरे।

नेपालको बाह्य सम्बन्ध १८२ देशमा विस्तार

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा शनिबार बिहान नेपाल र टोंगाका स्थायी प्रतिनिधिले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्ताबेजमा हस्ताक्षर गरेका छन्।

बाँसबारीको जग्गा राज्यका नाममा आउँछ: गृहमन्त्री

आफूले जुनसुकै ठूला प्रकरणमा ठूला मान्छेलाई समात्ने बित्तिकै दबाब र धम्की आउने गरेकाले नेपालमा राम्रो काम गर्न कठिन भएको गुनासो गृहमन्त्री श्रेष्ठको थियो।