AnonymousUser

Logout

नेप्से परिसूचक ६.२४ अंकले घट्यो, ३ अर्ब ६३ करोडको कारोबार

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

गृहले स्थानीय प्रशासनसँग माग्यो इजाजत दिइएका हतियारको विवरण

 गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।

प्रधानमन्त्रीको जवाफमा कांग्रेस असन्तुष्ट, रविमाथि संसदीय छानबिन गर्न माग

सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा लामिछानेको संलग्नताबारे प्रधानमन्त्री दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय समितिमार्फत छानबिन गर्न माग गरेको छ।

रविबारे सदनमा प्रधानमन्त्रीको जवाफ : अनुसन्धान गर्नु नपर्ने प्रहरीको ‘ब्रिफिङ’ थियो

सहकारीको रकम अपचलनबारे प्रहरीले नै रवि लामिछानेमाथि अनुसन्धान गर्न आवश्यक नभएको र दोषी नरहेको भनेकाले त्यसलाई राजनीतिकरण गर्नु उचिन नहुने प्रधानमन्त्री दाहालको भनाइ छ।

निसीखोला दुर्घटनाका घाइते भन्छन्– तीव्र गतिका कारण बस खस्यो

“पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक घुमाउरो र ओरालो छ। अलिक सुस्त चलाउनु भनेर आग्रह गर्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए। घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो।”

अनलाइन क्यासिनो चलाएको आरोपमा ४ जना पक्राउ 

प्रहरीले उनीहरूबाट अनलाइन गेम खेलाउन प्रयोग भएका पाँच थान ल्यापटप र ११ थान मोबाइलसमेत बरामद गरेको छ।

प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार २०० मा कारोबार भइरहेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा तानातान: स्थानीय असन्तुष्ट, तीन तहका सरकारबीच स्रोत हत्याउने हानथाप

संरक्षणका नाममा एक्यापले स्रोतसाधन प्रयोग गर्न नदिएको भन्दै स्थानीय असन्तुष्ट छन् भने आफ्नो अधिकार क्षेत्रबाट वार्षिक करोडौँ रुपैयाँ उठाएर संघ सरकारले मनोमानी गरेको पालिकाहरूको आरोप छ।

महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले लिइन् खेल जीवनबाट संन्यास

नेरी थापाको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। सन् २००७ मा मलेसियामा आयोजित एसीसी महिला च्याम्पियनसिपमा उनले नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन्।

मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न प्रशासन कार्यालयमा डेस्क स्थापना

विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी जीएमलाई सम्पर्क व्यक्ति तोकिएको छ।

नाइजेरियामा बन्दुकधारीले गरे १०० भन्दा बढी मानिसको अपहरण

नाइजेरियाली जोखिम परामर्शका लागि स्थापना भएको गैरसरकारी संस्था ‘रिस्क कन्सल्टेन्सी एसबीएम इन्टेलिजेन्स’का अनुसार गत वर्षको ‘मे’यता चार हजार सात जना अपहरणमा परेका छन्।

शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का

मन्त्रीस्तरीय निर्णयबाट सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा  र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म अन्तरजिल्ला सरुवा रोक्का गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

बागलुङ बस दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ जना घाइते

घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको डीएसपी मदन केसीले जानकारी दिए।

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागलुङ बस दुर्घटना: मृतकको संख्या ८ पुग्यो 

प्रहरीले बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा भएको बस दुर्घटनाका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जनाएको छ।

बजेटमा आर्थिक समस्या समाधानका ठोस योजना हुनुपर्नेमा सांसदको जोड

सांसदले बेरोजगारी समस्याको समाधान र किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन आग्रह गरेका छन्।

तटबन्ध निर्माण गर्दा भ्रष्टाचार, हरिपुरका तत्कालीन उपप्रमुखसहित १० जनाविरुद्ध मुद्दा

लखनदेही खोलामा तटबन्ध निर्माण नै नगरी आर्थिक अनियमितता गरेको पाइएको भन्दै अख्तियारले हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

लघुवित्तका ऋणी: आशा बोकेर काठमाडौँ आए, आश्वासन बोकेर फर्किंदै

एक महिनाअघि आन्दोलन गर्न काठमाडौँ आएका लघुवित्त ऋणीहरू सरकारसँगको सहमतिपछि घर फर्किन थालेका छन्। आफूहरूले लिएको ऋण मिनाहाको आशा बोकेर आएका उनीहरू फर्किंदा समस्या समाधान हुनेमा ढुक्क छैनन्।

बागलुङको जाउलेपानीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।