AnonymousUser

Logout

पुष्प व्यवसायी र उपभोक्ताको जमघटबीच चारदिने राष्ट्रिय बागवानी मेला सकियो

पुष्प व्यवसायको बजारीकरण प्रवद्र्धनका लागि व्यवसायी र उपभोक्ताबीच अन्तर्क्रियात्मक जमघट भएको मेलामा ८५ नर्सरी सहभागी थिए। 

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए विश्वासको मत

पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो।

फेवाताल किनारको वसुन्धरा पार्कमा बिक्री केन्द्र बनाउनबाट कोइकाले हात झिकेसँगै पछि हट्यो महानगर

पुरानो निर्णय र सर्वोच्च अदालतको आदेशको अवज्ञा हुने गरी फेवा किनारमा वसुन्धरा पार्क मासेर नयाँ संरचना बनाउने निर्णयबाट पोखरा महानगर पछि हटेको छ।

आयरल्यान्ड उल्भ्सविरुद्धको टी२० श्रृंखलामा नेपाल ‘ए’को सान्त्वना जित

नेपाल ‘ए’ले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड उल्भ्सले २० ओभर खेल्दै ७ विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो।

घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल निरौलाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचारको कसुरमा कारबाही मागदाबी गर्दै मुद्दा दायर गरेको छ। 

बुटवल–नारायणगढ सडक निर्माणमा गति बढाउन सांसदको ध्यानाकर्षण

एमालेका सांसद सरिता भुसालले बुटवल–नारायणगढ निर्माणमा सडक पटक–पटक म्याद थप्दा पनि योजना सम्पन्न हुन सक्नुका कारण पहिचान गरी निवारण गर्न सरकारसँग माग गरिन्।

६.२६ अंकले घटेको शेयर बजारमा २ अर्ब ८७ करोडको कारोबार

सोमबार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

अरविन्द केजरीवाल १५ दिन न्यायिक हिरासतमा रहने

नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अदालतले १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ।

न्यारोबडी जहाजको इन्जिन प्रकरणमा बदमासी नगरेको आधार पेस गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले न्यारोबडी जहाजको इन्जिन प्रकरणमा १५ दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ।

दैलेख पुर्‍याइयो पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान

ठूला ट्रक भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन्।

अवैधरूपमा भारतीय कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा

सिमाना क्षेत्रमा रातिको समयमा माछा, मासु तस्करी गर्ने गिरोह सक्रिय हुने र बिहानसम्म पसलहरूमा भारतीय कुखुरा र माछा पुग्ने गरेको छ।

झन्डै २९ प्रतिशतले बढे विदेशी पर्यटक

मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्। भारतपछि चिनियाँ पर्यटकको संख्या धेरै छ।

आयरल्यान्ड ‘ए’ विरुद्ध अन्तिम टी २० खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ।

काठमाडौँ र ल्हासाबीच बससेवा सञ्चालन गर्न चीन सकारात्मक: उपप्रधानमन्त्री श्रेष्ठ

नेपालीलाई चीनको तिब्बतमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उनले जानकारी दिए।

बस्नै नसकेको नगरसभामा बहुमत सदस्यको हस्ताक्षर गराएका हरिपुर्वा नगरपालिकाका प्रमुख साह पुन: विवादमा

२०७९ सालको स्थानीय निर्वाचन लगत्तैदेखि हरिपुर्वा नगरपालिकामा विवाद छ। कहिले प्रमुख प्रशासकीय अधिकृतको नाममा विवाद, कहिले नगरप्रमुखले एकलौटी गरेकोमा विवाद त कहिले नगरसभाको नाममा तालाबन्दी हुँदै आएको छ।

सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढ्यो 

सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले वृद्धि भई एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

रुसी सेनामा भर्ती भई मृत्यु भएका परिवारका सदस्यले गरे सिंहदरबार अगाडि प्रदर्शन (तस्वीरहरू)

उनीहरूले बेपत्ता भएकाहरूको खोजी गरी उद्धार गर्न, युद्धमा घाइते भएका नेपालीको नि:शुल्क उपचार तथा राहतको मागसहित प्रदर्शन गरेका छन्।

आफैँले निर्माण गरेको ‘भ्वाइस क्लोनिङ टुल’ सार्वजनिक गर्न किन डराइरहेको छ ओपनएआई

यो उपकरणले आवाज नक्कल गर्नुका साथै त्यसलाई भावनात्मक र यथार्थपरक पनि बनाउन सक्ने बताइएको छ।

सम्झौता बमोजिम काम नगर्ने ३ विदेशीसहित २७ निर्माण व्यवसायीलाई सरकारले सोध्यो स्पष्टीकरण 

ती कम्पनीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने र कारबाही गर्ने जनाएको छ। 

दुर्घटनाका घाइते भन्छन्– मोटरसाइकल जोगाउन खोज्दा जिप भीरमा खस्यो

पोखराको हरिचोक सल्यान रुटमा चल्ने उक्त जिप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्। घटनामा १० जना घाइते भएका छन्।