जिल्लाका २८ सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोबाट करिब दुई हजार रोपनी क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अध्ययनमा पाइएको डिभिजन वन कार्यालयले जनाएको छ।
युवायुवती स्वतःस्फूर्त सडकमा निस्केर एकापसमा रङ र अबिर साटासाट गरी रमाइलो गरिरहेका छन्। तर विगतमा जस्तो जबरजस्ती अपरिचित व्यक्तिलाई लोला हान्ने गतिविधि गरेका छैनन्।
क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा टी२० र ओडीआईका लागि छुट्टाछुट्टै टिमको घोषणा गरेको छ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ। नेपालमा २०७९/८० मा ३७ हजार ४४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चेतनाको अभावमा महिलाले रोग पालेको डा. कविता साहले बताइन्। अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाउने गरेको पाइएको उनको भनाइ छ।
दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।
अदानचुली गाउँपालिका–४ मा भएको जिप दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए।
हाइटेन्सन लाइनको तार चुँडिएर घरको आँगनमा पुग्दा उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।
पुटिनले शत्रुहरूले आफूहरूलाई ‘विभाजित गर्न नसक्ने’ बताए। उनले आक्रमणमा संलग्न सबैको पहिचान गरी कारबाही गरिने प्रतिबद्धतासमेत जनाए।
हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा शनिबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
तीन मन्त्री र एक राज्यमन्त्री थपिएसँगै मधेश प्रदेश मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ।
चालु आर्थिक वर्षको आठ महिनामा वार्षिक लक्ष्यको आधा जति पनि राजस्व उठ्न नसकेको अवस्थामा बाँकी चार महिनाको अवधिमा उठ्ने राजस्वले कसरी वार्षिक लक्ष्य प्राप्ति हुन्छ भन्ने प्रश्न उठेको छ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला कतिपय प्रस्ताव संविधानमा रहेका तीन तहका सरकारका कार्यक्षेत्रसँग बाझिने किसिमका भएकाले पनि समितिले यति धेरै संशोधनलाई छिट्टै पार लगाउन कठिन हुने बताउँछन्।
केही बिरामीलाई थप उपचारका लागि हेटौँडा अस्पताल र चितवनका अस्पतालमा पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जनचेतनाको अभावका कारण पानी ‘फिल्टर’ नगर्ने, शुद्धीकरण नगरी पिउनेलगायत कारणले जनस्वास्थ्यमा गम्भीर असर पुगेको चिकित्सकले बताउँदै आएका छन्।
होलीमा अनावश्यक हर्न बजाउने, नियमविपरीत सवारीसाधन चलाउने, हेलमेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने बताइएको छ।
पुल निर्माण भएपछि गोरखाको भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका धादिङका नागरिकलाई सहज भएको छ।
शुक्रबार राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ पर्दा स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको छ।
मस्कोस्थित क्रोकस सिटी हलमा शुक्रबार राति भएको हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएका छन्।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, मधेश र गण्डकीका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।