AnonymousUser

Logout

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन

मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीलाई अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा जस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थामा गई काम गर्नेलाई कानूनअनुसार कारबाही हुने जनाएको छ।

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने सरकारको तयारी

विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधै असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउँछ। सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने बताइएको छ।

रास्वपाले भन्यो– संसदीय छानबिन समिति गठन अनावश्यक

संसदीय दलको बैठकले सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको र उजुरी दिएकै भरमा छानबिन समिति बनाउनु उपयुक्त नभएको ठहर गरेको हो।

प्रधानमन्त्री दाहालसँग भेटेर उपेन्द्र यादवले भने– ‘सरकारलाई दिएको समर्थन यथावत् छ’

सोमबार राति अमेरिका भ्रमणबाट फर्किएका जसपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न मंगलबार बिहानै बालुवाटार पुगेका छन्।

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

खोटाङमा शिक्षकले रकम उठाएर गरे अग्निपीडितलाई सहयोग

जंगलमा लागेको डढेलो गाउँमा फैलिँदा घर जलेर विस्थापित भएका सात परिवारलाई १५२ शिक्षकसहित १६७ जनाबाट चन्दा संकलन गरेर एक लाख ७६ हजार प्रदान गरिएको छ।

अछाममा चट्याङ लागेर बालकको मृत्यु, डडेलधुरामा ३ घाइते

सोमबार राति हुरीबताससँगै परेको चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटियाका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु मृत्यु भएको छ।

बजेट अधिवेशनको तयारी पूरा, ५ दलका नेतासँग परामर्श गर्दै सभामुख

निर्बाध सदन सञ्चालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले मंगलबार संसद्‌मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै छन्।

मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्ड ‘सी’सँग नेपाल पराजित

बेलायतको अल्डरसटस्थित इबीबी रंगशालामा सोमबार राति भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ‘सी’ २–० ले विजयी भएको छ। 

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति सभापति चयन हुन सकेको छैन।

सिधाकुरा डटकमसम्बन्धी मुद्दामा नाम आएका व्यक्तिसँग लिखत जवाफ माग

सर्वोच्च अदालतले सिधाकुरा डटकमबाट प्रसारित अडियोविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रत्यर्थीले नाम लिएका व्यक्तिसँग लिखत जवाफ माग गरेको छ।

सत्ता राजनीतिले उक्साएको पार्टी विभाजनको खेल : फोरम नेपालदेखि जसपासम्म

जसपाबाट मोहभंग भएर बसेका अशोक राई र उनका समर्थक सांसदहरू पार्टीभित्रका असन्तुष्टिको  प्रतिवाद नगरी बसेका थिए। उपेन्द्र यादवलाई ठूलो झट्का दिने मनसायसहित मौन पर्खाइको नतिजा अहिले देखिएको छ।

रफाहमा कारबाही थाल्ने इजरायली डिफेन्स फोर्सको तयारी

इजरायली सेनाले रफाहमा सैन्य कारबाही गर्ने तयारी थालेको छ। इजरायलले कारबाही शुरू गरेपछि गाजाका विभिन्न भागबाट शरण लिन पुगेका १४ लाख मानिसहरू रफाहमा रहेको बताइएको छ।

खर जोगाउन गोज्दा जलेर आमाछोराको मृत्यु

आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ।

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

सम्झौताहरूको कार्यान्वयनमा जोड दिन एवं आमरण अनशनमा बसेका दीपक भण्डारीलगायतका व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन सरकारलाई आयोगले आग्रह गरिएको छ।

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थपेको छ।

हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य

पहुँचका आधारमा हिरासत छल्न स्वास्थ्यलाई बहाना बनाउने प्रवृत्ति रोक्ने सम्बन्धमा काउन्सिलले दिएको सुझावका आधारमा गृह मन्त्रालयले तीनबुँदे निर्णय गरेको छ।

जसपा नेपालबाट विभाजित भई बनेको दल निर्वाचन आयोगमा दर्ता

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक दल दर्ता गर्ने निर्णय गरेको हो।

नेप्से परिसूचक १५.६२ अंकले घट्यो, कारोबार २ अर्ब ८९ करोडमा सीमित

सोमबार नेप्से परिसूचक १५.६२ अंकले घट्दै १९५८.७५ को विन्दुमा सीमित भएको छ।