२०७२ सालको विनाशकारी भूकम्पले हल्लाएर पनि ढाल्न नसकेका अग्ला घरहरू अर्को भूकम्प आउँदा नढलून् भनेर होचो पारिएका थिए। तर यसपालि वनबाट सल्केको डढेलोले पहिले जोगिएका १५ घर एकैछिनमा सिध्यायो।
मंगलबार क्रेमलिनमा पुटिनले रुसी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेपछि मिसुस्टिनले कानून बमोजिम रुसी मन्त्रिपरिषद्को प्रमुखबाट राजीनामा दिएका थिए।
२०५३ सालको एकीकृत महाकाली सन्धिमा कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि पानी दिने विषय उल्लेख भए पनि कार्यान्वयन हुन नसकेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाबारे प्रहरीले थप खुलाएको छैन।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि र करेन्ट लागेर मर्ने गरेका छन्।
लोमान्थाङबाट ढिङगर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने १०.५ किलोमिटर सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरेर स्तरोन्नति गरिएको छ।
डढेलोका कारण १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ। यो वर्ष डढेलोमा परी जिल्लाका दुई जनाको मृत्युसमेत भएको छ।
इजिप्टको सीमा नजिकै प्यालेस्टिनीहरूले आश्रय लिएको रफाहमा ट्यांकहरू पठाएर इजरायलले अन्तर्राष्ट्रिय चासोको अवहेलना गरेको हमासको आरोप छ।
देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकीको थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
आगलागीबाट साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
इजरायली अधिकारीले रफाहमा आक्रमण गरे इजरायललाई हतियार आपूर्ति रोक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको धम्कीको आलोचना गरेका छन्।
आगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि रात कटाउन बाध्य छ।
निर्वाचन आयोगको मतदाता नामावलीमा अहिले पनि बागमती नगरपालिकाको सुकुमबासी बस्तीका कतिपयको दोहोरो नाम देखिन्छ। अधिकांशको नामका अक्षर छुट्याउने/जोड्ने गरेर दुई वटा परिचयपत्र बनाइएका छन्।
काठमाडौँस्थित एक पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मूल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सीआईबीले बाल संगठनका पूर्वपदाधिकारी र बृहस्पति विद्या सदनका सञ्चालकहरूमाथि समेत ठगी मुद्दामा अनुसन्धान अघि बढाएर पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ।
सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएका आयोजनाले नियमित पानी उपलब्ध नगराउने र सार्वजनिक स्थानमा रहेका धाराका मुहान पनि सुक्न थालेपछि उपभोक्ता समस्यामा पर्न थालेको स्थानीय रामकृष्ण खत्रीले बताए।
बिहीबार ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ को विन्दुमा पुगेको छ।
अर्थविद् प्राडा. अच्युत वाग्लेले परम्परागत रूपमा अर्थतन्त्रको टेवा भनिएका क्षेत्र नै अहिले समस्यामा रहेकाले सुधारका लागि ‘बोल्ड’ निर्णय र हिम्मत चाहिएको बताएका छन्।
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन्।