अध्ययन तथा रोजगारीको सपना बुनेर युरोप छिर्ने धेरै नेपालीहरूको सहज गन्तव्य बनेको पोर्चुगलको लचिलो कानून र संगतका कारण लागुऔषध दुर्व्यसनीमा फसेका नेपालीहरूको अवस्था चिन्ताजनक छ।
पाँच वर्षअघि सकिनुपर्ने २५ किलोमिटर दूरीको उक्त खण्डको काम अधुरो हुँदा स्थानीयवासी, पर्यटक र व्यवसायीलाई सास्ती भएको छ।
मानवीय युद्धविराम, बन्धकहरूको रिहाइ तथा जीवन बचाउ सहायताको वृद्धिलाई बढवा दिन अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको राष्ट्र संघले जनाएको छ।
राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ।
सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
सिमकोट गाउँपालिका–१, २, ३ र ४ मा खडेरीको प्रभाव बढी परेको छ। खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ।
शैक्षिक अभियन्ता सूर्यबहादुर राईको संयोजकत्वमा गठित शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा नगरभित्रका हरेक सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान शुरू गरिएको छ।
पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
यस अवधिमा आगलागीबाट १८, डढेलोले ६ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएको तथा ९० जना घाइते भएको प्राधिकरणले जनाएको छ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा पनि फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गर्दै डर्टमन्ड ११ वर्षपछि च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको छ।
विशेष अदालतले नेसनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई नौ वर्ष कैद र २३ करोड २७ लाख रुपैयाँ जरिबाना हुने गरी सजाय निर्धारण गरेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ जनाले अनुमति लिएका हुन्।
दाउराबाट जलाउँदा वातावरणमा पर्ने असर न्यूनीकरणका साथै विद्युतीय शवदाहगृहबाट शव जलाउने कार्यलाई प्रोत्साहन गर्न निःशुल्क सेवा दिने तयारी गरिएको कोषले जनाएको छ।
गृहमन्त्री रवि लामिछानेले सहकारीका बचतकर्ताको रकम अपचलनका बारेमा आफूलाई जोडेर उठाइको प्रश्नमा संसदीय छानबिन समिति नचाहिने बरु आफूले संसद्मा जवाफ दिन पाउनुपर्ने बताएका छन्।
मंगलबार ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कांग्रेसले सर्वदलीय बैठकमा सरकारीको बचत अपचलनमा संलग्नताबारे रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्याएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार बाघ र गैँडा मृत फेला परेका छन्।
विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने काम अन्तिम चरणमा पुगेका बेला जग्गाधनीबाट विभिन्न माग राखी तार तान्न अवरोध भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी बताउँछन्।
अभियानका सदस्यसँगको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि उच्चस्तरको पहल गर्ने प्रतिबद्धता जनाएका थिए।