पछिल्लो समय विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसक्ने भन्दै उनले सोमबार बिहान प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन्।
गत वैशाख २४ गते धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मन्त्रिपरिषद्को फेरबदलको एक भागको रूपमा सर्गेई शोइगुलाई रक्षा मन्त्रीबाट हटाउने योजना बनाएका छन्।
आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित हात पार्दै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरू र चेन्नाई सुपर किंग्सले पछिल्ला खेलमा जित हासिल गर्दै प्लेअफ सम्भावना कायम राखेका छन्।
माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
दश वर्षअघि कुश्मीसेरामा ‘एक घर एक धारा’ अभियान सञ्चालन भएको थियो। पाइप गाडिसकेपछि जग्गा विवादले योजना अलपत्र बनेको बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष विष्णुप्रसाद आचार्य बताउँछन्।
बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले जनताको जीवनरक्षाका लागि ‘स्पष्ट योजना’बिना इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्न नहुने बताएका छन्।
छानबिन समितिले जुद्धोदय स्कुल र व्यापारी एवं ठेकेदार मनोजकुमार मिश्रबीचको जग्गा लिज सम्झौता गैरकानूनी भएको निष्कर्ष निकाले पनि काठमाडौँ महानगरले कारबाही अघि नबढाउँदा चलखेल तीव्र भएको छ।
सर्वोच्च अदालतले वर्ल्ड लिंकले करका सम्बन्धमा सरकारविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरिदिएको छ।
कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा शनिबार दुई बालबालिकाको मृत्यु भएको छ।
मधेश प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएसँगै मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन्।
नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएको भन्दै जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।
वर्षासँगै वन डढेलो तथा वायुमण्डलमा रहेको धुलोको कण नियन्त्रण आएकाले वायु प्रदूषण न्यूनीकरण भएको डढेलोविद् सुन्दर शर्माको भनाइ छ।
नेप्सेका अनुसार आइतबार ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताएकी छन्।
अख्तियारले सफ्टवेयरसहितका उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अनुगमनका क्रममा विवरण नबुझाउने सहकारीलाई नियमित कामकारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्नेसम्मको तयारी काठमाडौँ महानगरको छ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक हजारभन्दा बढी बिरामी मिर्गौला र कलेजो प्रत्यारोपण गर्नका लागि अंगदाताको प्रतीक्षामा रहेका छन्।