जेठ २ र ३ गते यहाँ आयोजना हुने युरोपेली संघ–नेपाल व्यापार मञ्चको बैठकमा भाग लिने स्विडिस प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार बिहान राजदूत थेसलेफ काठमाडौँ आउँदै छन्।
वर्षाका कारण खेल रद्द भएपछि गुजरात र कोलकत्ताले १–१ अंक बाँडेका छन्। यससँगै गुजरात प्रतियोगिताबाट बाहिरिएको छ।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार थोक तथा खुद्रा व्यापार र निर्माण क्षेत्रमा देखिएको गिरावट तथा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धलगायत कारणले प्रदेशहरूको आर्थिक वृद्धिदरसमेत सुस्त देखिएको छ।
थप उपकरण र प्राविधिक जनशक्ति अभावमा बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दिइएको कम्पानेन्ट सेन्ट्रिफ्युज एक वर्षदेखि थन्किएको छ।
जनता समाजवादी पार्टीबाट नियुक्त भएका स्वास्थ्यमन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानले पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जेठ ३ गतेको बैठकमा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने/नदिनेमा एमाले अझै टुंगोमा पुग्न नसकेको बताए।
खानेपानीको समस्या हल गर्न गाउँमा दुई ‘डिप बोरिङ’ र एउटा ठूलो ट्यांकी बनाइयो। तर पिउन योग्य र पर्याप्त पानी नआउँदा सुक्न लागेको कुवामा निर्भर छन्, गोदावरीस्थित नमूनाबस्तीका बासिन्दा।
टर्कीस्थित यूएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै १२४ जनाबाट चार करोड ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जसपा, नेपाल अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको पार्टीको दर्ता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।
वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट २६ जनाले ज्यान गुमाएका छन्।
सोमबार विभिन्न ९५ लाख ४१ हजार १७ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ४० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
राम्रो कमाइको लोभ देखाएर कश्मीर पुर्याइएका नेपालीलाई त्यहाँ बन्धक बनाइएको खबर लिएर सरोज राय गृह र परराष्ट्र मन्त्रालय धाए। तर सरकारले वास्ता नगरेपछि आफैँ अघि सरे। कसरी सफल भयो सरोजको ‘मिसन कश्मीर?’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिएका छन्।
वर्षा भएसँगै मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ।
रुसको दक्षिणपश्चिमी शहर बेलगोरोडमा दशतले आवासीय भवनमा भएको आक्रमणमा परी १५ जनाको मृत्यु भएको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
प्रहरीले अनलाइन बेटिङ साइटमार्फत सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन भारतको सर्वोच्च अदालतले खारेज गरेको छ।
प्रिमनसुन शुरू भएपछि दोस्रो पटक वैशाख अन्तिम साता भएको वर्षाले किसानलाई अन्नबाली लगाउने बाटो मात्र खोलेको छैन, देशभर लागेको डढेलो प्राकृतिक रूपमै नियन्त्रण पनि भएको छ।