AnonymousUser

Logout

प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित

चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ।

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाइ दिने उच्च अदालतको फैसला

न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा मंगलबारदेखि चलिरहेको मुद्दामा आज सुनुवाइ भएको हो। 

कोरोना महामारीका बेला श्रीलंकाबाट उद्धार गरिएकामध्ये १ महिलाले खुलाइन् बेचबिखनमा संलग्नको पहिचान

कोरोना महामारीको बेला श्रीलंकाबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएकी छन्। 

नेप्से परिसूचक ९.५४ अंकले घट्यो

बुधबार परिसूचक ०.४७ प्रतिशतले घटेर २०१७.९७ को बिन्दुमा कायम भएको छ।

बिहीबारदेखि काठमाडाैँका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने

रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यातका लागि साना व्यवसायीहरूलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको 'पस्मिना निर्यात सहजीकरण निर्देशिका' सार्वजनिक भएको छ।

१६ दिनदेखि खरानीमाथि सुतेको गाउँ

काभ्रेको रोशीमा पर्ने सानोपोटा गाउँ नै खरानी भएको १६ दिन बितिसक्दा अधिकांश पीडितले टहरोसमेत बनाउन सकेका छैनन्। राहतमा आएका सामग्री पनि राख्ने ठाउँ नभएको उनीहरूको गुनासो छ।

युक्रेन युद्धको वार्ताका लागि चीनको प्रयासमा सहज देखिए पुटिन

युक्रेन संकटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गरेका छन्।

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति

यस कदमले चीनको भिसा–मुक्त पारवहन नीतिअन्तर्गत क्रुज जहाजमार्फत  बन्दरगाहबाट विदेशी यात्रुको पारवहन र प्रस्थानलाई सहज बनाउने जनाइएको छ।

क्यानले गठन गर्‍यो ५ समिति, कार्यकाल २ वर्ष

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रतियोगिता, विकास, अनुशासन, प्राविधिक र महिला क्रिकेट विकास समिति गठन गरेको छ। 

मधेश प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

मधेश प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार रहेको छ। २०८० चैत मसान्तसम्म जसमध्ये पाँच लाख ७३ हजार ४३३ ले मात्रै बीमा गरेका छन्।

ट्याक्सीचालक विष्णु: जसले १ वर्षमा ४ हजार बिरामीलाई नि:शुल्क सेवा दिए

मगरले हरेक सोमबार गलकोट–३ हटियाबजारबाट गलकोट–५ हरिचौरस्थित नगर अस्पतालसम्म बिरामीलाई निःशुल्क ट्याक्सी सेवा दिँदै आएका छन्।  

रफाहमा आक्रमणसम्बन्धी विषयको सुनुवाइ अन्तर्राष्ट्रिय अदालतले गर्ने

दक्षिण अफ्रिकाले रफाहमा भएको आक्रमणलाई लिएर इजरायललाई तत्काल आफ्नो सैन्य आक्रमण बन्द गर्न आदेश दिन आग्रह गर्दै अन्तर्राष्ट्रिय अदालतमा निवेदन दिएको थियो।

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी लगातार चौथो उपाधिनजिक

अहिलेसम्म कुनै पनि टिमले लगातार चार पटक प्रिमियर लिगको उपाधि जित्न सकेका छैनन्। सिटीले आइतबार घरेलु मैदानमा वेस्ट हामलाई पराजित गरे लिगको ट्रफी उचाल्नेछ।  

पौडी खेल्ने क्रममा बबईमा डुबेर दाजुभाइको मृत्यु

दुवै जना केही दिनअघि मात्रै नेपाल आएका थिए। उनीहरूका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका छन्। 

यस्तो रहनेछ बुधबारको मौसम

कोशी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बचतकर्ताको रकम अपचलनको आरोपमा प्राइम सहकारीका अध्यक्षसहित ८ जना पक्राउ

सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार प्राइम सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको एक अर्ब ५४ करोडभन्दा बढी रकम अपचलन गरेका छन्। 

रफाहमा इजरायली आक्रमणले हमाससँगको वार्तामा गतिरोध : कतार

मध्यस्तकर्ता कतारले इजरायलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको बताएको छ।

‘फरक देखिएको नीति तथा कार्यक्रमको सार्थकता कार्यान्वयनमा निर्भर’

निजी क्षेत्रका प्रतिनिधिले नीति तथा कार्यक्रममा केही नयाँ कुरा आएको, अब सोहीअनुसार बजेट निर्माण र बजेटअनुसार कार्यान्वयनमा जानु महत्त्वपूर्ण हुने बताएका छन्।

भूमिहीनको नाममा वन तथा निकुञ्जको जग्गा वितरण गर्न सर्वोच्चको रोक

पारिस्थितिकी सन्तुलनको संवैधानिक दायित्व, विद्यमान कानूनी व्यवस्था र अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा कुनै पनि तवरबाट वन र संरक्षित क्षेत्रमा बसोबास गराउन नमिल्ने सर्वोच्चको ठहर छ।