सन् २०२३ मा विश्वभर मृत्युदण्डको सजाय ३० प्रतिशतले वृद्धि भएको एम्नेस्टीले जनाएको छ। सो वर्ष मृत्युदण्ड दिइएकामध्ये सबैभन्दा बढी इरानमा ८५३ जना छन्।
सुर्खेतबाट कालीकोट गइरहेको जिप बिहीबार बिहान वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्ला नजिकै दुर्घटना भएको हो।
कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा नै र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ।
विशेष अदालतले केही दिनअघि सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार र झुटो विवरण बुझाएर लाभ लिएको छुट्टाछुट्टै दुई भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो।
अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो।
दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेसनले दिउँसो साढे दुई बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ। यो दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो।
विद्यार्थी भिसामा जापान जाने धेरैले सपिङ स्टोरमा वा खाना प्याकिङ र यातायात सम्बन्धी काम गर्छन्। जापानले विद्यार्थी भिसालाई सहज बनाए पनि २८ घण्टाभन्दा बढी काम गर्न अनुमति नहुँदा कतिपयले समस्या भोग्छन्।
बुधबार एक विज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाले बिहीबारदेखि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने सरकारी लक्ष्यसमेत चुनौतीपूर्ण भएको चेम्बरले जनाएको छ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा बुधबार पाँच हजार ६४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो।
५६ कम्पनीको शेयरमूल्य बढ्दा चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै सर्वोच्चले सोमबार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ। यसका लागि नगरपालिकाले घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिकता दिएको छ।
तापक्रम वृद्धिका कारण हिमाल पग्लिँदाको असर समुद्रतटीय देशमा समेत पर्ने भएकाले हिमालको मुद्दामा सहकार्य गर्नुपर्ने आवाज जलवायुको क्षेत्रमा क्रियाशील वैज्ञानिक र सम्बन्धित देशका प्रतिनिधिले उठाएका छन्।
प्यालेस्टिनी जनताको स्वतन्त्र राज्यको अधिकारसहित आत्मनिर्णयको अधिकारलाई पुष्टि गर्नेबारे यही मे १० को राष्ट्रसंघीय महासभाको प्रस्तावपछि मान्यता दिने क्रम बढेको हो।
तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित होमस्टे, सडकको पहुँच, जडीबुटी तथा वन पैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको छ।
सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगतिबारे समीक्षा भएको न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहने छ।