समितिले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गा, चलअचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यका लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्नेछ।
यो वर्ष सरदर दिनभन्दा एक हप्ताअघि नै मनसुन शुरू हुने देखिएको छ। बंगालको खाडीमा उत्पन्न भएर पूर्वबाट भित्रिने मनसुन देशको पश्चिमी भागसम्म पुग्न भने १५ देखि २० दिनसम्म लाग्नेछ।
ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिलाई स्वयंसेवक बनाउने कार्य तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।
मुगुको सोरु गाउँपालिका–७ अन्तर्गत दाक्च-ख्याल्च सडक निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ।
जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै संकटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ सर्वसम्मत रूपमा पारित गरेको छ।
गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष वेदप्रकाश ढकालले जानकारी दिए।
पालिकाहरूले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको गरेका छन्। यसले प्रशासन कार्यालयमा परिचयपत्र बनाउनेको भिड बढेको छ।
लगातार उकालो लागिरहेको सुनको मूल्यमा शुक्रबार एकैदिन प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड बनेको छ।
बागलुङमा बढी धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा धान रोपाइँको चटारो शुरू भएको छ।
राष्ट्र संघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको पदक राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे।
न्युयोर्कको १२ सदस्यीय जुरीले ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरूमा उनलाई दोषी ठहर गरेको छ।
दुर्घटनामा अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन्। उनको नेपालगन्जमा उपचार भइरहेको छ।
पहिलो अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो। विश्वकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेल जुन ४ मा नेदरल्यान्डसँग खेल्नेछ।
सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूले गाजामा चाँडोभन्दा चाँडो युद्ध समाप्त गर्ने प्रयासअन्तर्गत प्यालेस्टिनी राज्यको मान्यतालाई समर्थन गर्छन्। ती दलसँग संसद्को कुल ९० मध्ये ५१ सिट छ।
कोशी, मधेश र बागमतीमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
मौसमविद् गोविन्द झाले बिहीबार साँझ प्राप्त अभिलेखमा नेपालगन्जको तापक्रम ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए।
तराईलगायतका विभिन्न स्थानमा बढेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने अवस्था भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो।
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको कम्पाउन्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ।
भारतको जम्मूमा तीर्थयात्री बोकेको बस बिहीबार दिउँसो दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन्।