कोशी, मधेश र बागमतीमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
मौसमविद् गोविन्द झाले बिहीबार साँझ प्राप्त अभिलेखमा नेपालगन्जको तापक्रम ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए।
तराईलगायतका विभिन्न स्थानमा बढेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने अवस्था भएपछि विद्यालयको पठनपाठन प्रभावित भएको हो।
काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको कम्पाउन्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ।
भारतको जम्मूमा तीर्थयात्री बोकेको बस बिहीबार दिउँसो दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन्।
सरकारले तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ।
इनफ अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिने बताइएको छ।
कानूनमन्त्री पदम गिरीले एसिड आक्रमण पीडितको क्षतिपूर्तिको समस्या क्षतिपूर्ति कोषबाट समाधान गर्ने बताएका छन्।
भिसाका लागि क्रिकेटर सन्दीप लामिछानेले दिएको आवेदन काठमाडौँस्थित अमेरिकी दूतावासबाट दोस्रो पटक पनि अस्वीकृत भएको छ।
काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
बिर्तामोड नगरपालिका–४ कालिकानगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।
मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ।
नेपाल फाइनान्स, अपर लोहोरेखोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आईपीभी खोप अभियान प्रभावित भएको जानकारी दिए।
गर्मीले विद्यार्थी नियमित विद्यालयमा उपस्थित नहुने र बिरामी बढ्दै जान थालेकाले विद्यालय बन्द गर्नुपरेको टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापाले बताए।
सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ।
मार्सी धान, सिमी, जौ, स्याउजस्ता बाली र फलफूलका लागि चिनिएको जुम्लामा यो वर्ष खडेरीले किसान निराश छन्। अधिकांशले बाली लगाउन सकेका छैनन्, स्याउका बोट पनि फलविहीन छन्।
परिषद्को अध्यक्ष र तत्काल बहाल रहेका सदस्य संख्याको ५० प्रतिशतबाट निर्णय गर्न सक्ने व्यवस्था समितिबाट पारित भएको छ।
केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको उपमहानगरले जनाएको छ।
दोषी ठहर भएका १४ जनामध्ये ४ जना पूर्व सांसद रहेका छन्। सबै जनालाई आजीवन कारावासको सजाय हुनसक्ने बताइएको छ।