AnonymousUser

Logout

चितवन राष्ट्रिय निकुञ्ज साउनयता ६ गैँडा मृत फेला 

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन्।

डारोन, साइमन र जेम्सलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डारोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। 

विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन

विपद् उद्धार तथा राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ।

यू१९ महिला टी२० विश्वकप छनोट : १८ खेलाडीको बन्द प्रशिक्षण भैरहवामा

भैरहवामा हुने बन्द प्रशिक्षण शिविरका लागि १८ खेलाडी छनोट गरेको क्यानले जनाएको छ।

तनहुँमा माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ।

कीर्तिमानी पर्वतारोहीलाई स्वागत (तस्वीरहरू)

विश्व कीर्तिमान कायम गरी फर्किएका दावा याङ्जुम र निमा रेञ्जी शेर्पासहित ९ जना पर्वतारोहीलाई स्वागत गर्न नेपाल पर्वतारोहण संघका पदाधिकारी, शुभेच्छुकलगायत बाजागाजासहित त्रिभुवन विमानस्थल पुगेका थिए।

बीपी राजमार्गमा ‘रुट प्रमिट’ लिएका सवारीलाई चल्न दिइँदै, राति यात्रा नगर्न अनुरोध

चौकीडाँडा र माम्ती खोलानजिकको ‘डाइभर्सन’ सुधार गरेर बीपी राजमार्गमा यातायात सञ्चालन अनुमति लिएका सवारीसाधनलाई साँझदेखि चल्ने दिइने सडक डिभिजन भक्तपुरले जनाएको छ।

दशैँमा सुनसान बनेको काठमाडौँ उपत्यकामा बढ्न थाल्यो चहलपहल

काठमाडौँ उपत्यकाका सडकमा सवारीसाधन बढ्नुका साथै मानिसको आवतजावत क्रमिक रूपमा बढ्न थालेको छ।

ठगीमा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।

एलन मस्कको स्टारसिप रकेटको पछिल्लो परीक्षणबारे किन यति धेरै चर्चा?

यस परीक्षणपछि, स्पेसएक्स छिटो र पुन: प्रयोग गर्न मिल्ने रकेटहरू निर्माण गर्ने आफ्नो महत्त्वाकांक्षी परियोजनाको महत्त्वपूर्ण चरणमा पुगेको छ।

अवरुद्ध सडकखण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल

ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन्।

चीनको सैन्य अभ्यासमा ताइवानको जवाफ– 'राष्ट्रिय सुरक्षा कायम गर्न सक्षम छाैँ'

ताइवान वरपरको समुद्री क्षेत्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यासलाई लिएर ताइवानले प्रतिक्रिया दिएको छ। 

नेपालको पदयात्रा : विदेशीले शुरू गरेर संसारभर प्रचार गरे, अहिले जोगाउन चुनौती

करिब ७५ वर्षअघि नेपालमा पदयात्राको शुरूआत गरेर विदेशीले विकास र विस्तारमा समेत योगदान दिए। अब भने मोटरबाटो र सिमेन्टको प्रयोगले पदमार्गहरू मासिने अवस्थामा पुगेका छन्। 

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास शुरूआत गरेका हुन्।

इजरायली सेनाको शिविरमा हिजबुल्लाहको ड्रोन आक्रमण : ४ सैनिकको मृत्यु, ६० भन्दा धेरै घाइते

उत्तरी इजरायलको हाइफा शहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण गरिएको आईडीएफले जनाएको छ।

जुम्लामा दशैँको समयमा मात्रै १६ करोडभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्। 

देशका विभिन्न भागमा वर्षाको सम्भावना

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तनहुँको व्यासमा बढे डेंगीका बिरामी, अस्पतालको भुईंमा राखेर उपचार गरिँदै

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शान्तिरमण वाग्लेका अनुसार डेंगीका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ।

झापामा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, २ घाइते

झापामा आइतबार छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

५ रुसी आरोहीको शव १ सातादेखि धौलागिरि हिमालमै

प्रतिकुल मौसम र भूगोलिक अवस्थाका कारण धौलागिरि हिमालबाट पर्वतारोहीको शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।