AnonymousUser

Logout

वीरगन्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

चालु आवको भदौ मसान्तसम्ममा दुई अर्ब सात करोड ८४ लाख २२ हजार रुपैयाँ मूल्य पर्ने १६ हजार ३८४ वटा मोटरसाइकल आयात भएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ।

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ। हाल किसानबाट संकलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ।

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

सातौँ संस्करणको दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा शुरू हुँदैछ। 

यी ५ प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सन्तान छाडेर श्रम गर्न बिदेसिँदै आमाहरू, भन्छन् – घर चलाउन घरै छाड्नुपर्‍यो

बालबच्चाको पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भएको उनीहरूको भनाइ छ। ऋण गरेर स्वदेशमै व्यापार व्यवसाय गर्नेबारे सोचे पनि आँट्न नसकेपछि बिदेसिन बाध्य भएको उनीहरू बताउँछन्।

नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा १०४ जनाको मृत्यु

नाइजेरियाको माजिया शहरमा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा पल्टिएर इन्धन ट्यांकर विस्फोट हुँदा १०४ जनाको मृत्यु भएको छ।

त्रिपुरासुन्दरीमा मनाइयो दही छ्याप्ने जात्रा (तस्वीरहरू)

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा आपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा मनाइएको छ।

बीपी राजमार्गको धुलिखेल–भकुन्डेबेँसी–वर्षेखोला खण्डमा राति सवारीसाधन चलाउन रोक

सडक डिभिजन भक्तपुरले बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुन्डेबेँसी–वर्षेखोला सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने जनाएको छ।

पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेको एमालेको प्रस्टोक्ति

मीनबहादुर गुरुङले ‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले दान गरेको जग्गालाई स्वीकार गरेको, यसमा कुनै किसिमको सौदाबाजी र लेनादेना’ नभएको एमालेको भनाइ छ‍।

‘रुफटप सोलार’ ऊर्जाको सम्भावनामा सरकारी नीतिको छेकबार 

सरकारी नीति खुकुलो भई उद्योगी–व्यवसायीले खाली रहेको छतलाई उपयोग गरेर सौर्य प्रणालीबाट उत्पादित विद्युत‍् उपभोग गर्न पाएमा धेरैजसो उद्यमी बिजुलीमा आत्मनिर्भर हुने अवस्था रहेको ऊर्जा व्यवसायी बताउँछन्।

बाढीपहिरोबाट विस्थापित परिवार १८ दिनदेखि त्रिपालमुनि

काभ्रेपलान्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेको तामाङ बस्ती बगाएपछि स्थानीय बासिन्दा लुइँचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन्।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बुधबार नेप्से परिसूचक ४३ अंकले बढेर २७४२ को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

धौलागिरिमा ज्यान गुमाएका ५ रसियन पर्वतारोहीको शव काठमाडौँ पठाइयो

धौलागिरि आरोहणका लागि गएका पाँच रसियन आरोही सात हजार ६०० मिटरको उचाइबाट असोज २१ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए भने २३ गते दिउँसो उनीहरूको शव भेटिएको थियो।  

कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जना पक्राउ

पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

डडेलधुरा बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, १२ घाइतेलाई धनगढी पठाइयो

घटनास्थलमा बसको छतमुनि च्यापिएको अवस्थामा थप एउटा शव फेला परेको प्रहरीले जनाएको छ।

एलन मस्कले डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई दिए १० अर्ब रुपैयाँ

मस्कले ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई पछिल्ला तीन महिनामा सो रकम सहयोग गरेका हुन्।

सवारी दुर्घटना गराई भागेका चालक पक्राउ

उनले सवारी दुर्घटना गराई घाइते पारेका व्यक्तिको निधन भएको छ।

भीरमा फालेर ६ वर्षीय छोराको हत्या

ताराखोला गाउँपालिकाका केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन्।

गाजामा मानवीय सहायता नबढाए इजरायलबाट सैन्य सहयोग कटाैती गर्ने अमेरिकाको चेतावनी

इजरायलले गाजामा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको अमेरिकाले इजरायललाई पठाएको पत्रमा उल्लेख छ।