AnonymousUser

Logout

हवाई उडानमा नयाँ रेकर्ड: सोमबार एकैदिन ५५९ उडान

बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाई यात्रीको चाप ह्वात्तै बढेको हो।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवैजना चालकको मृत्यु भएको हो।

हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ, जनजीवन प्रभावित

पुल नहुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङबाट इलाम, झापा लगायतका ठाउँमा जाने र ताप्लेजुङतर्फ आउने यात्रु मारमा परेका छन्। ढुवानीका सवारीसाधन ठप्प छन्। 

विपद्‌मा परी मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जनाइएको छ।

सिन्धुलीलाई रामेछाप र ओखलढुंगासँग जोड्ने १० पुलमा बाढीले क्षति

बाढीले पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सिन्धुली हुँदै रामेछाप, ओखलढुंगालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजान कठिन भएको छ।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना 

कोशी प्रदेशका केही, बागमती र गण्डकीका पहाडी भूभागका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ जना पुगेको छ। अन्य २९ जना बेपत्ता रहेको र १४२ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।

सरकारले राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा १ अर्ब उपलब्ध गराउने

सरकारले अविरल वर्षा कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ।

आयल निगमले घटायो इन्धनको मूल्य

आयल निगमले पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धनको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।

दाउन्नेमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भासिँदा सवारीसाधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीले इमाडोलका उद्योग र बल्खु तरकारी बजारमा करोडौँको क्षति

शनिबार बेलुकीदेखि पानीको सतह घटेपछि बाढीबाट जोगिएकाहरू अहिले आ–आफ्नो सरसामान स्याहार्न जुटिरहेका छन्। उनीहरू आवासीय घर, पसल तथा कारखानामा जमेको लेदो सफा गरिरहेका छन्।

विपद्मा परेका ७१३ जनाको हवाई उद्धार

नेपाली सेनाले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।

विपद्‍बाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

विपद्‍बाट सोमबार अपराह्नसम्म काठमाडौँ उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ।

विपद्मा परी मृत्यु हुनेको संख्या २०० पुग्यो, २६ जना बेपत्ता

बाढी, पहिरो तथा डुबानमा परी शुक्रबारयता २०० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ।

नेप्से परिसूचक ४४.४५ अंकले बढ्दा शेयर कारोबार रकम पौने ४ अर्बमा खुम्चियो

सोमबार नेप्से परिसूचक १.८० प्रतिशतले बढेर २५०८.८६ को विन्दुमा कायम भएको छ भने कारोबार रकम पौने चार अर्बमा खुम्चिएको छ।

झ्याप्लेखोलामा अवरुद्ध सडक खुलेपछि काठमाडौँ उपत्यका भित्रिए १७ सय सवारी

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारीसाधन पठाउने तयारी पनि भइरहेको जानकारी दिए।

अस्तव्यस्त नख्खु खोला वरपरको क्षेत्र (तस्वीर)

आइतबारबाट पानी पर्न रोकिएसँगै नख्खु खोला करिडोर आसपासका बासिन्दा घर सफा गर्न, बाँचेका सरसामान सुरक्षित स्थानतिर सार्न व्यस्त देखिन्छ।

सडकबाट खसेको माइक्रोबस रूखमा अड्कियो, १२ जना घाइते

धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा माइक्रोबस नुवाकोटमा दुर्घटनामा परेको हो।

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस राउतको सुनुवाइ बुधबार गर्ने निर्णय गरेको छ।

बगेको बाढीले छाडेका प्लास्टिक (तस्वीरहरू)

यी दृश्यले देशकै राजधानीमा फोहोर व्यवस्थापनको अवस्थालाई छर्लंगै पारेको छ।