AnonymousUser

Logout

कालोपत्र सडकले जोडियो सर्दी, सहज बन्यो यात्रा

विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्रले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ।

परराष्ट्रमन्त्री देउवा बर्लिनबाटै भारत प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्।

लेबनानको पुनर्निर्माणका लागि विश्वबैंक तयार

विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य भएपछि लेबनानको पुनर्निर्माणमा सहभागी हुन विश्वबैंक तयार रहेको बताएका छन्।

बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह

नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग आज भएको भेटमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यस्तो आग्रह गरेका हुन्।

आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगले उनीहरूको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न आग्रह गरेको छ।

चीन निर्यातका लागि चाहिन्छ दैनिक ५ हजार राँगा, तर घट्दैछ राँगाभैँसी पालन

तीन वर्षअघि नेपालमा २९ लाखभन्दा केही बढी राँगाभैँसी थिए, जबकि चीनले चाहे अनुसार निर्यात गर्दा वार्षिक १८ लाख राँगा चाहिन्छ। किसानलाई राँगाभैँसी पालनमा प्रेरित गर्न के छ सरकारको योजना?

एनपीएल: जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश

जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन शुरू

संघीय सरकारबाट यस वर्ष एमबीबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन शुरू गरेको हो।

एलोन मस्कको स्टारलिंकले पूर्वाधारमा ल्याउँदैन लगानी, किन आउन चाहन्छ नेपाल?

स्टारलिंकले इन्टरनेट प्रयोगकर्तालाई उपलब्ध गराउने उपकरण डिस एन्टेनामार्फत स्याटेलाइटसँग जोडिन्छ। त्यसैले नेपालमा छुट्टै पूर्वाधार बनाउँदैन। दुर्गममा उपयोगी मानिएको यो इन्टरनेट महँगो तर उच्च गतिको छ।

हमासले भन्यो– दोहा वार्ता सकारात्मक

अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौँदेखि मध्यस्थता गर्दै आएका छन्।

कर्णाली दोस्रो क्वालिफायरमा, चितवन २१ रनले पराजित

कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो।

सिस्नेरी–दक्षिणकाली सडक पुस ११ गतेसम्म बन्द

सडकअन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आँधीखोला तर्न ४० वर्षदेखि फट्केको भर

स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा पुल नहुँदा बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता छ।

किसानलाई किबीभन्दा अलैँचीबाट फाइदा

अहिले राम्रो गुणस्तरीय किबी प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। तर अलैँचीको मूल्य प्रतिकिलो २ हजार ८०० भन्दा बढी छ।

तराईमा बिहानैदेखि हुस्सु, पहाडी क्षेत्रमा आंंशिक बदली रहने

तराई तथा उपत्यका केही स्थानमा बिहानैदेखि हुस्सु र कुहिरोको लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदै

संयुक्त राष्ट्र संघको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन तथा विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन यो दिवस मनाउँदै आइएको छ।

त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

जग्गाको दुरूपयोग भएका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन पनि सुझाव दिइएको छ।

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने सात लाख ४१ हजार २९७ जना र नयाँ श्रम स्वीकृति लिने चार लाख ६० हजार १०२ जना रहेका छन्।

बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा एक सातामै दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ। यसअघि गत बुधबार पनि बझाङको रायल केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

गाडीचालकका अनेक लापर्बाहीः कोही निदाउने, कोही तीव्र गतिमा हुइँक्याउने

चालकका सामान्य गल्तीले पनि गम्भीर दुर्घटना भएका धेरै उदाहरण छन्। लामो दूरीमा एक जना मात्र चालक हुँदा, यात्रु र चालकबीच झगडा हुँदा तथा जथाभावी ढोका खोल्दा पनि दुर्घटना भएका छन्।