नयाँ भवन सञ्चालनमा नआउँदा नेपाल गण्डक नहरको भवनमा बस्नुपर्ने बाध्यता छ। प्राविधिक काम बाँकी रहेकाले प्रयोगमा ल्याउन नसकिएको गाउँपालिकाले जनाएको छ।
तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग ‘कुनै पनि समय’ वार्ताका लागि तयार रहेको बताएका छन्।
संसदीय समितिको बैठकमा सांसद एवं विज्ञ सरोकारवालाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयकको मस्यौदा परिष्कृति गर्दै चाँडो टुंगोमा पुर्याइनुपर्ने बताएका छन्।
भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेल खेल्न पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल खेलाइने आईसीसीले जनाएको छ।
बिहीबार साँझ काठमाडौँको टोखा नगरपालिका– ६ धापासीस्थित एक घरमा आगलागी भएको छ।
मिटरब्याज समस्या समाधान गर्न सरकारले दुई वर्षमा एउटा कार्यदल र दुई वटा आयोग बनाइसकेको छ। पछिल्लो पटक पूर्वन्यायाधीश तेजबहादुर कार्की नेतृत्वको आयोगको समयावधि नथपेको सरकार तेस्रो आयोग गठनको तयारीमा छ।
एडीबीको अनुदान सहयोगमा प्राप्त विद्युतीय सवारीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन शुरू गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।
युक्रेनी ड्रोन आक्रमणपछि रुसको दक्षिणी रोस्तोभ क्षेत्रका धेरै शहरमा हवाई प्रतिरक्षा सेवा सक्रिय पारिएको स्थानीय गभर्नर युरी स्ल्युसरले बताएका छन्।
एनपीएलमा कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर फाइनलमा पुगेको छ। जनकपुर उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने छ।
बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ को विन्दुमा सीमित भएको छ भने चार अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यू१९ एशिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो।
गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएका अवसरमा बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
जनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्यांकरसँग ठक्कर खाँदा दुर्घटना भएको थियो। अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताए।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
२०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन्। सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन्।
रियल मड्रिडलाई उपाधि दिलाउन केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले समान १–१ गोल गरे।