नेप्से परिसूचक २६ अंकले घट्यो

नेप्से परिसूचक मंगलबार २६.१६ अंकको गिरावट आई २,७७०.२६ बिन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २६.१६ अंकको गिरावट आएको छ। यससँगै परिसूचक २,७७०.२६ बिन्दुमा झरेको छ।

आज ३४९ कम्पनीको १ करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर एक लाख ५१ हजार २८६ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा अन्य समूह ०.७३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहका उपसूचक घटेका छन्। विशेषगरी होटल तथा पर्यटन समूहमा २.५६ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा २.४६ प्रतिशतको गिरावट देखिएको छ। 

त्यस्तै, बैंकिङ ०.८४, विकास बैंक १.२२, वित्त ०.६१, जलविद्युत् १.७४, लगानी ०.४७, जीवन बीमा ०.१६, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.३१, निर्जीवन बीमा ०.३९ र व्यापार समूह ०.३९ प्रतिशतले घटेका छन्।

आजको कारोबारमा हिमालयन बैंक लिमिटेड बण्ड २०८६को मूल्य सर्वाधिक ६ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले घटेको छ।