सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेशप्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आगामी बिहीबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन्।

कैलाली– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका छन्। 

मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानका लागि सिफारिस पत्र हस्तान्तरण गरेका थिए। सोही सिफारिसका आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४:०० बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन्। यसअघि गत चैत २९ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख मियाँले प्रदेशसभाको अघिल्लो अधिवेशन (विधेयक अधिवेशन) अन्त्य गरेका थिए।